Logo
१३ बैशाख २०८१, बिहीबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर मन्दिरको संख्या कति ? पुरातत्व विभागलाई नै थाहा छैन !

janakpur_janaki_teampal

काठमाडौं ७ भदौ । देशभर मन्दिरको संख्या कति होला ? यो प्रश्न पुरातत्व विभागका माहानिर्देशक भेषनारायण दाहाललाई सोधियो । ‘धेरै छन् तर गणना भने गरिएको छैन्’ दाहालले जवाफ फर्काए,’सयढ वर्षभन्दा माथिका पुरातात्विक महत्वका मन्दिको संख्या भने २ हजारभन्दा बढी छ ।’

यी मन्दिरहरुको वार्षिक खर्च कति हुन्छ ? दाहाल भन्छन्,’धेरै बजेट खर्च हुन्छ, तर हामीसँग सीमित स्रोत छ ।’ प्राचीनकालदेखि अस्तित्वमा रहेकादेखि टोलटोलमा बनाइएका मन्दिरमा व्यक्तिगत, सामाजिक, संघसंस्थादेखि सरकार र मातहतका स्थानीय निकायले वर्सेनि रकम खर्चेको पाइन्छ ।

पर्यटन मन्त्रालय, महानगर, नगरपालिका, जिविस र गाविसले स्थानीय मागको आधारमा ठाउँठाउँमा मन्दिर बनाउन रकम खर्चिएका आजको कारोबार दैनिकमा समाचार छ ।

पुरातत्वविद रोहित रन्जित मन्दिरको आँकडा राख्ने काम सरकारको भएको बताउँछन् । सन् २०१५ मा युनेस्कोले उपत्यकामा मन्दिरहरुको सूची बनाएको थियो जसमा एक हजार २ सय मन्दिर समावेश गरिएको पुरातत्वविद् रञ्जित बताउँछन् ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्