Logo
६ बैशाख २०८१, बिहीबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र भन्छन–’मुलुक जोगाउन कै लागि पनि संविधान संशोधन आवश्यक’

upendra-yadav-

६ भदौ, राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई संक्रमणबाट जोगाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । संविधानमा व्यापक संशोसधनको खाँचो रहेको औल्याउँदै यादवले संविधानलाई तत्कालका लागि काम चलाउन बनाउन कम्तीमा ८३ वटा धारामा संशोधन गरिनुपर्ने तथा सर्वस्विकार्य बनाउन २ सय ३ वटा धारालाई सच्याउनु पर्ने बताए।

‘हाम्रो मुलुक बहुराष्ट्रिय विविधता सहितको राष्ट्र हो, यो तथ्य कहिल्ये बिर्सिनु हुन्न, तर संविधान निर्माणका बेला ठूला भनाउने दलहरुले मुलुकको विविधातालाई ख्याल गर्न सकेनन्’, यादवले भने, ‘मुलुकलाई स्थिरता संविधानले दिने हो, संविधान नै विभेदपूर्ण भए स्थिरताको कुरै आउँदैनन् ।’

संघीय प्रेस फोरम सप्तरीले सोमबार विहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले मुलुक संक्रमणमा पर्नुको मुख्य कारण ‘जबरदस्ती लाद्न खोजिएको संविधान’ रहेको जिकिर गर्दै मुलुक जोगाउनका निम्ति संविधान संशोधनको विकल्प नै नरहेको धारणा राखे ।

पत्रकारहरुले राखेको एक जिज्ञासामा बोल्दै नेता यादवले संविधान संशोधन मुलुकको विशुद्ध आन्तरिक मामिला रहेको बताए । ‘संविधान संशोधन हाम्रो आन्तरिक मामिला हो, यसमा भारतले के भन्यो, चीनले वा अन्य अन्तरर्राष्ट्रिय समुदायले के भन्यो भन्नेतिर लाग्नु उचित होइन’, यादवले भने ।

आफूहरुले बनाएको संविधानलाई जतिसुकै सर्वोत्कृष्ट भनिएपनि त्यसलाई सर्वस्विकार्य नबनाएसम्म मुलुकले निकास नपाउने बताउँदै यादवले मधेशी, आदिवासी जनजाति, दलित लगायतका पिछडिएका वर्ग समुदायहरुको पहिचान तथा पुहचको संवैधानिक सुनिश्चितता नगरिएसम्म हालको संविधान सर्वस्विकार्य हुनै नसक्ने ठोकुवा गरे ।

‘एकै थरका २/४ भाइबन्धुहरुले बालुवाटारमा रातारात सहमति गरेर ल्याइएको संविधान मुलुकका सवै बर्ग समुदायले स्विकार्न नसक्दा समस्या आएको हो’, यादवले भने, ‘ठूला भनाउनेहरुले ठूलो मन पनि देखाउनु पर्छ, दलीय, जातीय र सामुदायिक स्वार्थवाट माथि उठेर मुलुकलाई निकास दिनुपर्छ।’

‘मलाई विश्वास छ, मुलुकको हितका निम्ति एमाले कहिले पनि बाधक हुँदैन होला’, यादवले थपे, ‘लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, मधेशी, दलित, आदिवासी जनजाति लगायतका लागि एमाले पनि जिम्मेवार बन्ने छ, तसर्थ आशा गरौ एमाले संविधान संशोधनका लागि बाधक हुने छैन।’आए सम्म विकास सम्भव हुने छैन ।’

अहिले पनि झण्डै ९२ प्रतिशत बढी आवश्यक वस्तु आयातनै गर्नुपर्ने अवस्था रहेको बताउँदै यादवले भने, ‘नेपाली युवायुवतीहरु विदेशवाट रेमिट्यान्स पठाएको भए मुलुकको टाट पल्टिसकेको हुन्थ्यो, यसतर्फ पनि हामिले विचार पुर्याउनु पर्छ ।’

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्