Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मञ्जिलमै जीवन बिताउने इच्छा ब्यक्त गरेको भोलिपल्टै बिजुली काटिए !

ratna

काठमाण्डौ ।  महेन्द्र मञ्जिलमै जीवन बिताउने अन्तिम इच्छा गरेकी रत्नले जन्मदिन मनाएको भोलिपल्टै सरकारले निवासको बिजुली काटिदिएको छ। ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा महेन्द्र मञ्जिल निवासको बिजुली काटिएको हो ।

महेन्द्र पत्नी पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाहले शनिबार साँझ आफ्नो ८९ वर्ष पुगेको उपलक्ष्यमा जन्मदिन मनाएकी थिइन् । साँझ पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमललगायत राजपरिवारका सबै सदस्य नारायणहिटी दरबारभित्रै रहेको महेन्द्र मञ्जिल निवास पुगेका थिए ।

आइतबार विद्युत प्राधिकरणको टोली बिजुली काट्न नारायणहिटी नै पुगेको थियो। रत्नका स्वकीय सचिव शम्भु अधिकारीका अनुसार दिउँसो तीन बजे निवासको बिजुली काटिएको थियो ।

गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छोडेर नागार्जुन दरबार गए पनि रत्नले बाँचुञ्जेल महेन्द्र मञ्जिलमै बस्ने इच्छा देखाएकी थिइन् । पूर्वराजा ज्ञानेन्द्र र तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुँदा शाहले रत्नको इच्छाबारे चिन्तित हुँदै सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि सरकारले ज्ञानेन्द्रलाई नागार्जुन दरबार र रत्नलाई महेन्द्र मञ्जिलमा बस्ने व्यवस्था मिलाइदिएको थियो। पूर्व राजपरिवारले भने बिनाजानकारी बृद्ध आमा बस्ने निवासमा बिजुली काटेको विषयमा असन्तुष्टि व्यक्त गरेको छ । सरकार आफैंले महसुल व्यहोर्नुपर्नेमा बिजुली काट्ने कामले अन्याय भएको जनाएको छ ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्