Logo
१३ बैशाख २०८१, बिहीबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सल्लाहकारसमेत नियुक्त भएनन् : प्रधानमन्त्रीको टिम अझै अपुरो !

PM Prachand

काठमाडौं, ६ भदौ । विर्नाचित भएको १५ दिन बित्दासमेत प्रधानमन्त्री प्रचण्डले आफ्नो टिमलाई पूर्णता दिन सकेका छैनन् । सरकारको काम मुख्य भनेर आगमी ११ भदौमा आयोजित पार्टी महाधिवेशन लआयोजक समिति बैठक र सबै माओवादी घटकको एकतापछि आगमी पुसमा हुन लागेको महाधिवेशनसमेत स्थगित गरेका प्रचण्डले मन्त्रिपरिषद मत्रै नभएर प्रधानमन्त्रीको कामकारबाहीका आवश्यक पर्ने विभिन्न क्षेत्रका सल्लाहकारसमेत चयन गर्न नसकेको आजको राजधानी दैनिकमा समाचार छ ।

मुख्य सत्ता सझेदार दल नेपाली कांग्रेसले आफ्नो कोटामा परेका मन्त्रालयमा मन्त्री चयन गरेर पठाउन नसक्दा मन्त्री मण्डलले पूर्णता पाउन सकेको छैन भने कतिपय अवस्थामा सकारको कामसमेत प्रभावित बन्न पुगेको छ । सामन्य प्रशासन मन्त्रालयले साउनभित्र नियमअनुसार कर्मचारीको सरुवा गरिसक्नुपर्ने मा प्रभावित बन्न पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्ना सल्लाहकारसमेत नियुक्त गर्न सकेका छैनन् । प्रधानमन्त्रीले स्वकीय सचिव र सल्लाहकारका रुपमा राजनीतिक सल्लाहकारमा चक्रपाणि खनाल र जनसम्पर्कमा रादीप आचार्यलाई नियुक्त गरेका छन् । तर, कानुनी, आर्थिक, परराष्ट्र, प्रेस जस्ता मुख्य क्षेत्रका सल्लालकार तथा योजना आयोगका प्रमुख नियुक्त गर्न सकेका छैनन् ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्