Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेशवादी दलहरुमा मधेशको हितभन्दा पनि संसदको मोह’

mohan-baidya

जनकपुरधाम ५ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले मधेशवादी दलहरुमा मधेशको हितभन्दा पनि संसदको मोह हावी भएको आरोप लगाएका छन् । जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा किरण मधेशी दलहरुमा संसदको मोहका कारण आन्दोलन गन्तव्यमा नपुगेको टिप्पणी गरेका छन् ।

अध्यक्ष किरणले संविधानमा संशोधन मात्र नभई आमूल परिवर्तनको खाँचो रहेको जिकिर गरेका छन् । अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि जानकारी दिए । उनले मधेशवादी दलहरुको उठाउँदै आएको संविधान संशोधनको मुद्दाले पनि मधेशी जनताको हित नगर्ने बताएका छन् । उनले मधेशी दलहरुले मधेशी जनतालाई दिने गरेको धोकाबाट सजग रहन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्