Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुला चौका गर्दा गर्दै चार सुनसरीमा करोड बचत

shutterstock_98277623_0

तुलसी यादव, इनरुवा । घर व्यवहारमा चुलो चौकामा व्यस्त रहने महिलाहरु घरको साँधुरो धेरा भन्दा बाहिर आएर आयआर्जन र बचत गर्न संस्थागत रुपमा थालेका छन । महिला तथा बालबालिका कार्यालय सुनसरीले गठन गरेको महिला समुह र संस्था मार्फत ग्रामिण क्षेत्रका महिलाहरुले सामुहिक बचत गर्न थालेका हुन ।

अधिल्लो आर्थिक बर्षमा यी महिलाहरुले ४ करोड ३६ लाख ८७ हजार रुपैयाँ बचत पुँजि बनाउन सफल भएको महिला तथा बालबालिका कार्यालय सुनसरीकी सुचना अधिकारी सरिता भण्डारीले बताइन् । बचत गरेको रकम ग्रामिण महिलाहरुले आवश्यकता अनुसार समुहमा लगानी गरि आयआर्जन गर्दै स्वरोजगार सृजना गरि आत्मनिर्भर हुन थालेका छन ।

महिला विकासले समुहमा आवद्ध भएका महिलाहरुलाई बिऊ पुँजि वापत १४ लाख ३० हजार रुपैयाँ २ प्रतिशत व्यज दरमा उपलब्ध गराउएको थियो । सुनसरी जिल्लाको ३९ वटा गाविसमा महिला तथा बालबालिका कार्यालयले २५ सय ९६ वटा समुहमा १६ हजार १ सय १७ जना महिलाहरु आबद्ध भएका छन ।

सुनसरीको प्रकाशपुर गाविसमा १ सय १४ वटा समुह निर्माण भएकाले यस गाविसमा महिलाहरुको सार्वजनिक सहभागिता महिला समुहका साथै अन्य क्षेत्रमा समेत निर्णायक रहेको महिला तथा बालबालिका कार्यालयकी सरिता भण्डारी बताउँछिन । महिलाहरुले समुहमा आवद्ध भएपछि घरको कामकाजका साथै अतिरिक्त समयमा बचत ऋण लगानी जस्ता आयमुलक कार्यमा सहभागिता बृद्धी हुदै गएको छ ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्