Logo
११ बैशाख २०८१, मंगलबार
(August 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशीलाई’देशद्रोही’भनी सम्प्रादायिकता भडकाउन खोजेको भन्दै‘कामना’विरुद्ध उजुरी

Madheshi News

काठमाण्डौ । कामना प्रकाशनले राष्ट्रियता सहित र मधेशी समुदायलाई होच्याउने खालको सामाग्री प्रकाशन गरेको भन्दै उक्त प्रकाशन गृह विरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।

कामना प्रकाशनले आफ्ना गाइजात्रा २०७३ विषेश अकंमा मधेशीलाई होच्याउने र मधेशी देश द्रोहोही हुन भन्ने खालको सुचना प्रभाह गराउने उद्देश्यले छापिएका २ वटा काटुन विरुद्ध उजुरी परेको हो ।

प्रेस काउन्सिलका अनुसार पत्रकार वीरेन्द्र केएमले कामना प्रकाशन को ‘कामना गाइजात्रा विषेश’ २०७३ विरुद्ध आइतबार उजुरी दर्ता गराएका हुन् ।

‘कार्टुनमा मधेशीलाई देश द्रोही सावित गर्ने र राष्ट्रियतामा उचित ख्याल नगरेको देखियो यस्ता किसिमका कार्टुनले समाजमा सम्प्रादायिक दैव्यस फैलिन सकिने भएकोले यस किसिमका प्रकाशन गृह माथी कारवाही होस् भन्दै पत्रकार केएमले उजुरी दर्ता गराएका हुन् ।

प्रेस काउन्सिलका कर्मचारी जगदिस घिमिरेले उजुरीमा उल्लेख भए अनुसार र उजुरीसगै छापिएका सामग्रीको प्रकृती हेर्दा पत्रकार आचार सहिंताको मर्म बिपरित रहेकोले उक्त उजुरी दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।

उक्त कार्टुनमा मधेशीलाई होच्याउने उद्देश्यले ‘मर्सिया’ भनेको र मधेशीको तर्फबाट ‘अभितो तम्बाकु उडारहाहु वाद मे नेपाल उडादुङ्गा जस्ता शब्द प्रयोग गरि मधेशीलाई देशद्रोही देखाउन खोजिएको छ भन्दै उजुरी परेको हो ।

News

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्