Logo
११ बैशाख २०८१, मंगलबार
(August 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सैनिक ब्यारेकभित्र दीपकबहादुरको रहस्यमय मृत्यु, के हो बास्तविकता ?

senaकाठमाडौं । बिहीबार आत्महत्या गरेका भनिएका सैनिक हवल्दार दीपकबहादुर खड्काको शव शुक्रबार मात्रै पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी ल्याइयो ।

शवको सुरक्षाका लागि प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहसहित १५–२० जना प्रहरी खटिएका थिए । मेजर सुमन विष्टको नेतृत्वमा ८–१० जना सैनिक पनि अस्पतालमा उपस्थित थिए । नागरिक दैनिकले समाचार छापेको छ ।

डाक्टरद्वय घनश्याम भट्ट र गिरिश अवस्थीले पोष्टमार्टम गरे । मृतकका आफन्तलाई शव हेर्न दिइए पनि पत्रकारलाई दिइएन ।

आफन्तका अनुसार खड्काको बायाँ कानबाट लागेको गोली दायाँ कानबाट गोली निस्किएको छ । सेनाले भने खड्काले आफै गोली हानेर आत्महत्या गरेको भनेको छ ।

खड्काको पुट्ठामा पनि ठूलठूला निलडाम देखिएको आफन्त बताउँछन् । ‘टाउकोमा हानेको गोलीको निसाना हेर्दा त्यो ऊ आफैंले पनि हानेको हुनसक्छ’, मृतकका दाजु राजबहादुर खड्काले भने, ‘तर, पछाडि पुट्ठामा निकै ठूला निलडाम छन् ।

ती लठीले कयौपटक हान्दा भएका डाम हुन् ।’ उनका अनुसार आत्महत्या भए पनि यातना सहन नसकेर गरेको हुनसक्छ ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्