Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवले फेरी दोहराए ‘संविधान संशोधन नगरिए खारेज हुन्छ’

upendra-yadav-

रौतहट । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले अधुरो संविधान संशोधन नगरिए खारेज हुने दोहराएका छन । यसअघि पनि उनले सविधान पुर्णलेखन नगरिए खारेज हुने बताएका थिए ।

मुलुकमा हालसम्म ६ वटा संविधान खारेज भइसकेको बताउँदै अध्यक्ष यादवले वर्तमान संविधान संशोधन हुन नसके खारेजको विकल्प नरहेको बताए ।

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो संविधानलाई सर्वमान्य बनाउनका लागि अन्य विकल्प नभएको बताए । एमालेसहित सबैसँग सहमति र सहकार्यमा मात्र संविधान संशोधन हुने भएकोले आम नेपालीको हक अधिकारका लागि संविधान संशोधन गर्ने यो अवसर रहेको बताए ।

संघीय गठबन्धनको ३ बुँदे मागमध्ये संविधान संशोधन मुख्य माग भएकोले यस विषयमा सम्बन्धित पक्ष गम्भीर हुन आवश्यक छ उनले भने । अहिले बल राज्यको कोर्टमा रहेकोले समस्या सुल्झाउने र अल्झाउने राज्यको काम भएको अध्यक्ष यादवले बताए ।

एक प्रश्नको उत्तरमा यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार मधेसी मोर्चाले नढालेको र एमाले सरकार सरकारकै गठबन्धनका कारण ढलेको खुलासा गरेका थिए ।

संघीय गठबन्धनको बृहत् अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव रौतहटको चन्द्रनिगाहपुरमा आएका थिए । अन्तरक्रिया कार्यक्रममा गठबन्धनका बारा र रौतहटका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । पत्रकार सञ्जय मिश्राको सहयोगमा

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्