Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकमानको नाममा प्रम प्रचण्डलाई तर्साउदै बलुवाटारमा डाक्टर केसीको प्रर्दशन !

Dr-Kc  (3)

काठमाडौं, ४ भदौ । पटक–पटक आमरण अनसन बस्दै–तोडाउदै बहुचर्चित बनेका डा. गोविन्द केसीले यसपटक सडक संघर्ष थालेका छन । उनले अनसन तोडाउने क्रममा भएको सहमति कार्यान्वयनको माग गर्दै सडकबाटै दबावमुलक अभियान थालेका हुन ।

समर्थकहरु सहित डा। केसीले ले शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा डा. केसीका समर्थकहरुले लोकतन्त्र कि लुटतन्त्र भन्दै प्रश्न उठाउदै उनीहरुले पाँच जनाको टाउकोमा सेतो पट्टी बाँधेर प्रचण्डको कान कता छ ? लोकमानको मनोमानीमा प्रचण्ड किन मौन ? भनेर प्रश्न समेत गरेका थिए ।

प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला लगायत पनि सहभागी भएका छन् । लेखक संग्रौलाले आफूहरुको प्रश्न लोकमानलाई नभई लोकमान बनाउनेसँग भएको बताए । समर्थकहरुलाई सम्बोधन गर्दै डा. केसीले मुलुकमा अहिले लोकतन्त्र होइन, लोकमानतन्त्र रहेको बताए ।

‘रिसाइहाल्छन् कि भनेर नेता र सांसदहरुले लोकमानको चाकडी गरिरहेको’ उनको आरोप छ । उनले भने, यदि लोकमानतन्त्रको सिपाई होइन भनेर लोकमानलाई महाअभियोगको प्रक्रिया अगाडि बढाउनुपर्छ ।’ उनले अलिकति पनि इमान्दारिता र जनताप्रति दायित्वबोध छ भने आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

राजनीतिक दल र सरकारलाई विश्वास गरेर अनसन तोडेको तर, एक महिनासम्म कार्यान्वयन नगरेको भन्दै उनले अब उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बताए । उनले भने, खाएर लड्दा सुन्दैनन् भने नवौं चोटी सत्याग्रह गर्न बाध्य हुन्छु ।’

Dr-Kc (1)

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्