Logo
७ बैशाख २०८१, शुक्रबार
(August 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महराले भने ‘आफ्नो चीन भ्रमण फलदायी र उत्साहपूर्ण’

Mohara News

काठमाडौं ४ भदौ । प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा चीन गएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा शनिवार स्वदेश फर्किएका छन् ।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सकारात्मक सन्देश पाएको बताए । आफ्नो चीन भ्रमण फलदायी र उत्साहपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री महराले भने, ‘चिनियाँ राष्टपतिको भ्रमणबारे सकारात्कम सन्देश पाएका छौं ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दे महराले भने, ‘चिनियाँ प्रधानमन्त्री लीसँगको भेटमा भ्रमणबारे सकारात्म कुराकानी भयो, दुई देशका परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहने कुरा भएको छ ।’

राष्ट्रपतिको भ्रमण कहिले हुने भयो त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा महराले मिति भने तय भइनसकेको बताए । यसबारे चिनियाँ उच्च नेताहरुको छलफलपछि मात्रै निर्णय हुने महराले बताए ।

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्