Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्करको बिगबिगी: ८ वटा गोली लागेको घाइते गैडा भेटियो !

Gaida  (1)

रौतहट । रौतहट स्थित चुरे फेदी स्थित जंगलमा शनिबार विहान गोली लागेर गम्भीर घाइते अवस्थामा गैडा फेला परेको छ । चन्द्रपुर नगरपालिका–२ गैडाटारको तिलेश्वर सामुदायिक वनको चाँदी खोला किनारमा गोली लागेर गम्भीर घाइते अवस्थामा गैडा फेला परेको हो ।

स्थानीय जंगलमा च्याउ टिप्न जाँदा नजिकैको झाडीबाट अवाज आएपछि उक्त स्थानमा हेर्नजाँदा घाईते अवस्थाको गैडा देखेर प्रहरी र वन कर्मचारीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी तथा वन कर्मचारीको संयुक्त टोलिले गैडाको टाउको र खुट्टामा ८ वटा गोली लागेको जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी मनोज यादवका अनुसार खाग तस्करहरुले गोली हानेको हुनसक्ने बताए । गैडालाई उपचार गर्न पर्सा वन्यजन्तु आरक्ष तथा चितवन निकुञ्जबाट मेडिकल टोली बोलाइएको यादवले बताए । #पत्रकार संजाय मिश्राको सहयोगमा

Gaida  (2)

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्