Logo
७ बैशाख २०८१, शुक्रबार
(August 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘काली माता’लाई चढाउन १९ वर्षीया कलेजकी छात्राले जिब्रो काटिन् !

goddess-Kali-
एजेन्सी, मध्यप्रदेश । भारतको मध्यप्रदेश राज्यमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । १९ वर्षीया एक कलेजकी छात्राले आफ्नो मनोकाङ्क्षा पुरा हुने आशामा माता कालीलाई आफ्नो जिब्रो काटेर चढाएकी छिन् ।  मध्यप्रदेशको टीआरएस नामको कलेजमा पढिरहेकी आरती डुबेले सपनामा माता कालीले आफूलाई जिब्रो काटेर चढाए इच्छा पूरा हुने बताएको भन्दै अर्को दिन रिभा गाउँमा रहेको कालीको मन्दिरमा आफ्नो जिब्रो चढाउन पुगिन् ।

Aarti-Dubey-600x315

हुन त मानिसहरुले भगवानको नाममा आफ्नो शरिरका अरु अंग चढाएको घटना हामीले सुनिरहेका छौं तर आरतीले जे गरिन् त्यो निकै अचम्मको थियो किनभने उनी पढेलेखेकी किशोरी थिइन् । ‘मानिसहरुले आफ्नो इच्छा पूरा हुने आशामा मानिसहरुले शरिरका अंगहरु चढाउने गरेको यदाकदा सुन्ने गरिन्थ्यो ।

तर यो केस निकै फरक छ । अशिक्षित मानिसहरुले समाजका अन्धविश्वासलाई मान्नु सहज मानिन्छ तर पढेलेखेका मानिसले यस्तो गर्दा पूरा समाजमा नै नकारात्मक असर पार्ने गर्दछ,’ स्थानीय पत्रकार श्याम मिश्रले बताए।

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्