Logo
१५ चैत्र २०८०, बिहीबार
(August 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११ मन्त्रालयमा कांग्रेसले मंगलबार मन्त्री पठाउने

congress flag
काठमाडौं । नेपाली काँग्रेसले थप मन्त्रीको नामावली मङ्गलबारसम्म प्रधानमन्त्री प्रचण्डलाई बुझाउने तयारी गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको महाधिवेशन लम्बिँदा काँग्रेसबाट सरकारमा पठाउने नाम छनोटमा ढिलाइ भएको थियो । महाधिवेशन सम्पन्न भएकाले सम्भावित मन्त्रीहरूको नामावली पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको जानकारी उनीनिकट एक केन्द्रीय सदस्यले दिए ।

व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसलाई १३ वटा मन्त्रालय भागमा परेको छ । त्यसमा उपप्रधानसहित गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखक नियुक्त भइसकेका छन् ।

अब काँग्रेसले ११ मन्त्रालयमा मन्त्रीको नाम पठाउने छ । यसका लागि मन्त्रालयको सङ्ख्याभन्दा दोब्बर सांसदको नाम सम्भावित मन्त्रीका लागि तयार छ । एक केन्द्रीय सदस्यका अनुसार, काँग्रेसले पठाउन लागेका सम्भावित मन्त्री र राज्यमन्त्रीको सूची लामो छ, त्यसबाटै मन्त्री हुने सम्भावना बढी छ ।

हिमाल, पहाड, तराईदेखि क्षेत्रीय र जातीय सन्तुलन मिलाउनका लागि सभापति देउवालाई निकै कठिन परेको दाबी ती केन्द्रीय सदस्यको छ ।

मन्त्रीको टुङ्गो लगाएपछि सभापति देउवाले पार्टीको उपसभापति, महामन्त्री, सहमहामन्त्री एक एक जना नियुक्त गर्ने तयारी पनि गरेको जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए । काँग्रेसले पार्टी प्रवक्तासमेत नियुक्त गरेको छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्