Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व’

pm-with-sindhuli

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले चीन र भारतसँग सन्तुलित कुटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दुत पठाएको भन्दै आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व भएको बताए । शुक्रबार बिहान बधाई तथा शुभकामना दिन आएको सिन्धुलीको टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले सिंहदरबारमै बसेर परिणाम निकाल्ने गरी काम गर्न चाहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले भने, ‘धेरै औपचारिक कार्यक्रममा जाने सोचेको छैन । सिंहदरबारमै बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको छु ।’ भेटमा प्रधानमन्त्रीले संविधान संशोधन गरेर निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन आफू लागि परेको बताए ।

प्रधानमन्त्रीले भने, ‘संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनतिर जाँदैछौं । यसले देशमा राजनीतिक स्थिरताको वातावरण निर्माण गर्नेछ ।’ भेटमा सिन्धुलीको टोलीले भूकम्पपीडितका लागि राहत रकम थोरै भएको भन्दै राहत रकम वृद्धिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति: Aug 19, 2016

प्रतिक्रिया दिनुहोस्