Logo
१५ बैशाख २०८१, शनिबार
(August 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचनाको हक सम्बन्धि कानुनी दायित्व हुबहु पालना गर्न प्रमको ध्यानाकर्षण 

Prachand PM

३ भदौ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनाको हक सम्बन्धी कानूनले निर्दिष्ट गरेको दायित्वलाई हुबहु पालना गर्न सबैको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री प्रचण्डले आम जनतामा सुशासनको अनुभूति दिलाउन सरकारसहित सबै सार्वजनिक निकायहरुले प्रतिबद्वता व्यक्त गरी काम गरेमा नै राष्ट्रिय सूचना दिवस मनाएको सार्थकता हुने बताएका छन् । राष्ट्रिय सूचना दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले सरकारी कार्यालय, राजनैतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्र र कानूनद्वारा स्थापित सबै निकायलाई यस्तो ध्यानाकर्षण गरेका हुन् ।

‘सूचनाको हक सम्बन्धी कानून बमोजिम सार्वजनिक महत्वको सूचनामा नागरिकको सहज पहुँच पु¥याउन, नागरिकको सूचनाको हकको सम्मान गर्न, कानूनले निर्दिष्ट गरेकै अवधिभित्र सूचना मागकर्ता नागरिकलाई सूचना दिन, सूचना माग र प्रवाहको अलग्गै अभिलेख राख्न, सूचनाको वर्गीकरण गर्न, सूचनादाताको संरक्षण गर्न र सूचना प्रवाहकै माध्यमद्वारा आम जनतामा सुशासनको अनुभूति दिलाउन सरकारसहित सबै सार्वजनिक निकायहरुले प्रतिवद्वता व्यक्त गरी काम गरेमा नै राष्ट्रिय सूचना दिवस मनाएको सार्थकता हुनेछ ।’ प्रधानमन्त्रीको सन्देश पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सूचना दिवसको यो अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना पनि दिएका छन् । नेपालमा सूचनाको हक सम्बन्धी कानून लागु भएको आजदेखि नौ वर्ष पूरा भई दश वर्ष प्रवेश गरेको छ ।

प्रकाशित मिति: Aug 19, 2016

प्रतिक्रिया दिनुहोस्