Logo
८ बैशाख २०८१, शनिबार
(August 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्षमा नैनसिंह महर विजयी, महामन्त्रीमा काफ्ले र थापा

NSU News

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । मतपरिणामअनुसार महर एक हजार ३३४ मतका साथ विजयी भएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार २०९ मत प्राप्त गरे । त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रारम्भिक प्रतिक्रिया दिए । उनले ११औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए । अध्यक्षका प्रत्यासी आचार्यले नेविसङ्घले आमविश्वविद्यालयका विद्यार्थीको भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरे ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन गत साउन २३ गते सुरु भएको थियो । नेतृत्व चयनका लागि बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहान ९ः४५ मा सकिएको थियो । विद्युतीय मतदानका कारण चाँडो परिणाम आएको हो । निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका थिए ।

नेविसंघको ११ औं महाधिवेशनमा नेतृत्वका लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको थियो । उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सदस्यको १ सय २९ पद्का लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको हो । मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुने छन् ।

नेविसंघको उपाध्यक्षमा को–को विजयी ?
नेविसंघको उपाध्यक्ष पदको लागि भएको निर्वाचनको मतपरिणामअनुसार पुष्प शाही प्रदेश नम्बर ७, प्रकाश राना मगर प्रदेश नम्बर ५, सञ्जय यादव प्रदेश नम्बर २, विकास क्षत्री प्रदेश नम्बर १ र डिल्ली सुवेदी प्रदेश नम्बर ४ बाट निर्वाचित भएका छन् । यस्तै प्रदेश नम्बर तीनबाट रामप्रसाद अधिकारी र ६ बाट इश्वर विष्ट निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा शिव रिमाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति: Aug 19, 2016

प्रतिक्रिया दिनुहोस्