Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोर्चालाई अहिले नै सरकारमा जाने हतारो नरहेको महतोको दावी 

Rajendra Mahto In Brt
विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई अहिले नै सरकारमा जाने हतारो नरहेको बताएका छन् ।

बुधवार पार्टीको विशेष कामले विराटनगर पुग्नु भएका अध्यक्ष महतोले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने, मधेशी मोर्चारसंघीय गठबन्धनसँग कांग्रेस–माओवादी गठबन्धनले गरेको तीनबुँदे सहमति कार्यान्वयन नगरेसम्म सरकारमा सहभागी हुने कुनै सम्भावना छैन ।

अध्यक्ष महतोले मधेशी मोर्चा सँग गरिएको तीन बुदें सहमती अनुसार संविधान संशोधन भएमात्रै संविधान सर्वस्वीकार्य हुने बताए । मधेश आन्दोलनका मागहरु सम्बोधन नभई सरकारमा सहभागी हुनु पर्ने कुनै हतारो नभएको उनको कथन थियो ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्