Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण हुने

salhesh-banner

काठमाडौं  । मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण हुने भएको हो । राजधानीमा सोमबार एक कार्यक्रमकाबीच निर्माण युनिटले फिल्मका विषयमा जानकारी गराएको हो । १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ ।

भोर कम्पनी प्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर्भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ । ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए । फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन् । उनको यो पहिलो फिचर फिल्म हुनेछ ।

भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’बनाएका छन् । यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड समेत जितेको छ ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्