Logo
८ बैशाख २०८१, शनिबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालत पुगे पटेल दम्पतीः कान्छा सहिदले न्याय पाउला ?

4-Year-Old-Chandan-Patel-Killed-by-Police

बुटबल । तेस्रो मधेश आन्दोलनका सबभन्दा कान्छा सहिद चार वर्षीय चन्दन पटेलको परिवारले आफ्ना छोराका हत्यारालाई कारवाहीको दायरामा ल्याउनु पर्ने मागसहित बारम्बार न्यायालय घचघच्याएका पटेल दम्पति अदालति प्रक्रियामा अगाडि बढेका छन् । निवेदन दर्ताका लागि प्रहरीलाई बारम्बार आग्रह गर्दा पनि प्रहरीले निवेदन दर्ता गर्न नमानेपछि अदालत पुगेका पटेल दम्पतिलाई बुधबार पुनरावेदन अदालत बुटबलले परमादेशको आदेशको रिट जारी गरेको छ ।

रुपन्देही प्रहरी र प्रशासनलाई पुनरावेदन अदालत वुटवलबाट परमादेशको आदेशको रिट जारी गरेको हो । गत वर्ष भाद्र २९ गते मधेश अन्दोलनको क्रममा रुपन्देही जिल्लाको बेथरी बजारमा प्रहरीले अधाधुन्ध गोली चलाउँदा प्रहरीको गोली लागी चार वर्षीय पटेलेको मृत्यु भएको थियो ।  पटेलका वावु अवधेश कुर्मीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रशासन कार्यालय रुपन्देही विरुद्ध पुनरावेदन अदालतमा दिएको परमादेशको आदेशको रिट निवेदनमा बुधबार सुनवाई गर्दै इजालस नं. दुई का न्यायधिश विष्णुदेव पौडेल र हरि प्रसाद भण्डारीको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेशको आदेशको रिट जारी गरेको हो ।

चार वर्षीय मृतक वालकका वावु अवधेश कुर्मीले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा नेपालको प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ र १३(१) नंं. बमोजिम सजाय गरी पाउन भनी जाहेरी दिन गएका थिए । तर प्रहरीले जाहेरी लिन अस्वीकार गरयो र जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जाहेरी बुझन अस्वीकार गरेपछि उक्त जाहेरी मिति २०७२ चैत्र २५ गतेका दिन कुरियरमार्फत जिल्ला प्रहरी कार्यालय रुपन्देहीम पाठाएका थिए ।  उक्त कुरियारमार्फत पठाएको जाहेरी पनि दर्ता गर्न इन्कार गरे पछि मिति २०७३ बैशाख १२ गते सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को दफा ३ को उपदफा ५ वमोजिम कुरियरमार्फत जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जाहेरी पाठाए र सोको बोधार्थ प्रतिलीपि राष्ट्रिय मानवअधिकार आयोग केन्द्रीय कार्यालय काठमाण्डौ र तराई मानवअधिकार रक्षक संजाल, क्षेत्रीय कार्यालय भैरहवा लगायतका कार्यालयहरुमा दर्ता गराएको थिए ।

यसरी जाहेरी दर्ता गराउन यति प्रकृया पुरा गर्दा पनि जाहेरी दर्ता नगरे पछि मृतकका वावु अवधेश कुर्मीले अदालतको ढोका ढकढकाउन पुनरावेदन आदलतमा पुगे । ‘मेरो छोरालाई प्रदर्शनकारीको छोरा हो भन्ने आरोपमा मनसाय पूर्वक हत्या गरेको कुरा थाहा हुन आएकोले तत्काल शोक विव्हल भै क्रमशः केही समय बिते पछि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ र १३(१) नंं. बमोजिम सजाय गरी पाउन भनि किटानी जाहेरी लिई गएकोमा प्रहरीले मेरो जाहेरी लिन अस्वीकार गर्यो । यसरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जाहेरी दर्ता गरेको वा दरपीठ गरेको बिषमा मलाई कुनै जानकारी छैन ।

सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को दफा ३ को उपदफा ५ वमोजिम जाहेरी दरखास्त दर्ता गराउन भनि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकोमा सो निवेदन उपर हाल सम्म कुनै कार्यवाही नगरेकोले यो निवेदन दर्ता गर्न आएको छु ।’ उनका बुबाले निवेदनमा लेखेका छन् । ‘सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ दफा ३ र ७ वमोजिम सो जाहेरी दरखास्त दर्ता गरी सो को अनुसन्धान तहकिकात गर्नु पर्ने दायित्व भएका विपक्षीहरु कहाँ जाहेरी दरखास्त लिई जाँदा हालसम्म पनि दर्ता नगरी कुनै कार्यवाही नगरेको र दर्ता गर्नु नपर्ने कुनै कारण समेत नदिएकोले नेपालको संविधानको धारा १६ र धारा ४६ को विपरीत कार्य भए गरेकोले विपक्षीहरुको नाउमा मैले दिएको जाहेरी दरखास्त दर्ता गरी मृत्युको सम्वन्धमा समय सिमा तोकेर निष्पक्ष तथा विश्वसनीय अनुसन्धान गर्नु कुनै कुनै हेल चक्र्याइ नगर्नु, तथा अनुसन्धानको आवधिक प्रतिवेदन प्रत्येक महिना सम्मानित अदलातलाई समेत बुझाउनु भनी बिपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी गरी पुर्ण न्याय पाँऊ’ भनी निवदेक अवधेश कुर्मीले मिति २०७३ असार ५ गते पुनरावदेन अदालत वुटवलमा परमादेशको आदेशको रिट निवेदन दर्ता गराएका थिए ।

२०७२ भाद्र २९ गते पटेललाई उनको आमा अनिता देवी कुर्मीले रुपन्देही जिल्ला गोनहा गाबिस वार्ड नं. ६ बेथरी, हाटवजारमा (भैरहवा देखी करिव ३ किलोमिटर पश्चिम लुम्बिनी जाने सडकमा पर्ने तिनाउ पुलको पश्चिम किनार देखी दक्षिण तर्फ सडक देखी तल करिव ५० फिटको दुरीमा लागेको हाटबजारमा ) तिजमा व्रत बस्नका लागी सरसमान किन्न गएको र सरसमान किनिरहेको अवस्थामा प्रहरीले तिनाउ पुलको पश्चिम किनारबाट सिधै हाटबजारमा अन्धाधुन्ध गोली चलाउन चलाएका थिए । गोली चलेको अवाज सुने पछि मृतक कि आमा ४ वर्षीय छोरा चन्दन पटेललाई काखमा लिएर भाग्दै हाटबजारको दक्षिणतर्फ रहेको हरिसिंह क्षेत्रीको एक तल्ले पक्की घरको गल्लीमा प्रवेश गर्न लाग्दा प्रहरीले चलाएको गोली बालक चन्दन पटेलको टाउकोमा लागी गम्भीर घाइते भई अचेत भए पछि छोराको औषधी उपचार गराउनका लागी हारगुहार गरी अस्पताल लैजान खोज्दा प्रहरीले बाटो जाम गरी तत्काल एम्वुलेन्ससमेत आउन नदिएको अनिता बताउँछिन् ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्