Logo
१५ चैत्र २०८०, बिहीबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगन्जको होस्पीटलमा २६ वर्षीया ताजमा खातुनले जन्माइन चम्ल्याहा !

Birgunj News  (2) - Copy

वीरगन्ज, १ भदाै । वीरगन्ज २९ सुगौलीबिर्ताकी २६ वर्षीया ताजमा खातुनले मंगलबार चम्ल्याहालाई जन्म दिएकी छन् । वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा उनले बिहान ९ बजेर २० मिनेट देखि २५ सम्म चम्ल्याहा जन्माएकी हुन् । यिनमा ३ छोरा र एक छोरी छन् ।

चारमध्ये पहिलो शिशु मृत जन्मिएको थियो । चिकित्सकका अनुसार बाँकी ३ शिशु स्वस्थ छन् । मृतक छोरा थियो । एक किलोको शिशु ९ बजेर २० मिनेटमा जन्मिएको थियो । ६ सय ५० ग्रामको अर्को छोरा ९ बजेर २१ मिनेटमा, ६ सय ५ ग्रामको तेस्रो छोरा त्यसको २ मिनेटपछि र ६ सय १५ ग्रामकी कान्छी छोरी त्यसको २ मिनेटपछि जन्मिएकी थिइन् । अस्पतालकी स्त्री तथा प्रसूति चिकित्सक तरन्नुम खातुन नेतृत्वको टोलीले उनको प्रसुति गराएको थियो ।

मृतक शिशुको पेट बाहिर निस्किएको, हातखुट्टा र टाउकाको राम्रोसँग विकास भएको थिएन । अन्य शिशुका शरीरका सम्पूर्ण भागको विकास भएको देखिन्छ । सबै शिशुलाई एनआईसीयू कक्षमा राखिएको छ । गर्भ रहेको २४ सातामै ताजमाले शिशु जन्माएकी हुन् । सामान्य अवस्थामा शिशु ४० सातामा जन्मिए पनि गर्भमा २ वा त्यसभन्दा बढी शिशु रहेको अवस्थामा सामान्य गर्भावस्थामा भन्दा छिटो पैदा हुने चिकित्सकको भनाइ छ । ताजमाले गर्भ रहेको ६ महिना पुरा भएर सातौं लागेपछि यी शिशु जन्माएकी हुन् । चिकित्सक तरन्नुमले गर्भ रहेदेखि नै ताजमा नियमित सम्पर्कमा रहेको बताइन् ।

उनका अनुसार ४ मध्ये पहिलो जन्मिएको शिशुको मुटुको धड्कन गर्भमै बन्द भएकाले पहिलो शिशुको मृत्यु भएको हुन सक्ने उनले बताइन् । मरेको शिशुको कारण अन्यलाई खतरा हुनसक्ने भएकाले गर्भको नियमित जाँच र आवश्यक औषधि दिने काम जारीरहेको अस्पतालले जनाएको छ । सबै शिशुको गर्भमा पानीको थैली छुट्टाछुट्टै भएकाले मरेको शिशुबाट अन्य शिशुलाई संक्रमण वा अन्य खतरा नभएको चिकित्सकहरुले बताए ।

गर्भावस्थामा ताजमाले पेट दुख्ने गरेको बताए पनि सुत्केरी व्यथा पहिलो पटक लागेको चिकित्सक तरन्नुमले जानकारी दिइन् । डेढ दशक चिकित्सकीय अभ्यासमा आफूले दोस्रो पटक चम्ल्याहा सन्तान जन्मेको देखेको तरन्नुमले बताइन् । दुई वर्षअघि यसै अस्पतालमा चम्ल्याहा जन्मिएका थिए । #सौजन्य थात्राडेली

Birgunj News  (1)

Birgunj News  (4)

Birgunj News  (2)

Birgunj News  (3)

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्