Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी आउदै छ, नेपालमा पेट्रोल अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन

pipeline1(1)

पर्सा,१ भदौ । भारत र नेपालबिच अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्झौता भएको झण्डै वर्ष दिनपछि काम सुरु भएको छ । इन्डियन आयल कर्पोरेसन ९आईओसी० ले पाइपलाइन निर्माणको विस्तृत सर्भे गर्न थालेको हो । २०७२ भदौ ७ मा नेपाल र भारत सरकार तथा भदौ ८ गते नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबिच अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्झौता भएको थियो ।

सम्झौता अनुसार पाइपलाइन निर्माणका लागि लाग्ने २ अर्ब ७५ करोड भारु मध्ये २ अर्ब इण्डियन आयल कर्पोरेशनले र ७५ करोड नेपाल आयल निगमले व्यहोर्नुपर्नेछ ।  पहिलो चरणमा रक्सौलदेखि अमलेखगञ्जसम्मको ४१ किलोमिटर पाइपलाइन निर्माण हुने र त्यसपछि रक्सौलको डिपो विस्थापित गरेर मोतियारीबाट रक्सौल हुँदै पाइपलाइन निर्माण हुने आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख सहसचिव उत्तमप्रसाद नागिलाले बताए ।

‘०७३ जेठको अन्त्यतिर इण्डियन आयल कर्पोरेशनको प्राविधिक टोलीले वाल्क ओभर ९कुन ठाउँबाट पाइपलाइन जाने रु त्यसको बाटो कस्तो हुने भनेर नाङ्गो आँखाले हेर्ने० सर्भे भइसकेको छ । त्यो सर्भे सम्पन्न भएपछि अहिले आइओसीले टेण्डर गरेर लिएको प्राविधिक टोलीले रक्सौल र अम्लेखगञ्जको बिचमा सर्भेकोे काम गरिरहेको छ’ महाशाखा प्रमुख नागिलाले बताए ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्