Logo
१५ बैशाख २०८१, शनिबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीको बाँध फुटेपछि उपयोगहिन बालुवामा अरब निर्माण !

Sunsari News

सुनसरी । बालुवै बालुवमा बनेको साउदी अरब उखपात गर्मि हुने ठाँउ भए पनि त्यहाँ बालुवामा गरिएको चमत्कार हेर्न लाखौ मानिसहरु पर्यटकको रुपमा जाने गर्दछन । झै साउदी अरब त नेपालीहरुकोलागि रोजगारीको प्रमुख केन्द्रको रुपमा पनि आर्कषणमा रहँदै आएको छ ।त्यस्तै मरुभूमिको झल्को दिन्छ कोशीको बाँध फुटेपछि विनाश भएको सुनसरी जिल्लाको पश्चिमी गाविस पनि त्यस्तै उराठ र विरान मरुभूमि बन्न पुगेको थियो ।

२०६५ सालमा कोशी नदिको भंगालो वस्ति तिर पस्दा सुनसरी जिल्लाका कयौँ विगाहा खेती योग्य जमिन वगरमा परिणत भएका थिए । दर्जनौं विगाहा जमिनका मालिक रहेका सुनसरीका कृषक हेर्दा हेर्दै सुकुम्वासीमा परिणत भए । स्थानीय बासिन्दाहरुले पसिना बगाएर मरुभूमिमा परवल खेती गरेर राहत थोरै भएपनि राहत महसुस गर्न थालेका थिए । तर साच्चै अब त्यस क्षेत्रकालागि कोशीको पीडा र उराठलाग्दो मरुभूमि अब गर्वको विषय बन्ने भएको छ । कोशीको बिनास पश्चात वर्षै देखि वालुवा माथिको आशा नियालेर बसेका यस भेगका स्थानीय, अहिले नयाँ व्यवसायी बालुवलाई पर्यटकमय बनाउने अभियान थालेपछि हर्षित बन्न थालेका छन ।

श्रीपुरजब्दिको करिव २७ विगाहा जमिनमा न्यु कोशी ड्रिजर्ट सफारीको निर्माण शुरु भए पछि यस क्षेत्रका बासिन्दाले रोगजारीका अवसर खुल्ला भन्ने आशाले हर्षित भएका हुन् । पर्यटन व्यवसायी राधेश्याम पौडेलले उक्त क्षेत्रमा फरक किसिमको व्यवसायको थालनी गरेका हुन । पौडेलले आफ्नाना केहि सहकर्मीसँग मिलेर करिव १५ करोडको लगानीमा वालुवा माथि सञ्चालन हुने मनोरञ्जनात्मक खेल तथा व्यवसाय शुरु गर्न लागेका छन् ।

श्रीपुरजव्दिका निवर्तमान गाविस अध्यक्ष लटित मिंयाँले आफुले आशा मारेको जमिनमा यस किसिमको नयाँ नयाँ व्यवसाय सञ्चालन हुन सके जग्गाको मुल्याङकन बढ्ने र युवाहरुले रोगजारी पाउने विश्वास व्यक्त गरे । खेर गइरहेको जमिनलाई सदुपयोग गर्ने र स्थानीयलाई रोजगारीको अवसर समेत सृजना गर्ने गरि नयाँ नयाँ लगानी गाउँमा भित्रिए पछि गाउँलेले सहयोग गरेको मियाँले भनाई छ । लगानीकर्ता राधेश्याम पौडेलले उक्त २७ विगाहा जमिनमा बन्न लागेको संरचनाले समुन्द्रको झल्को दिने बताए । उक्त संरचनामा सुविधासम्पन्न रेष्टुरेन्ट देखि वालुवामा यात्रा गर्न मिल्ने सुविधा उपलव्ध हुनेछ ।

पुर्व पश्चिम राजमार्गसँग जोडिएको उक्त क्षेत्रमा प्रयोगविहिन भएको जमिनलाई सदुपयोग गरिएको छ । यस्ता धेरै जमिन वेकामे बनेर रहेका बेला केहि न केहि गर्न सकिन्छ भन्ने सन्देश दिनपनि आफुले यति ठुलो लगानी गरेको पौडेलको भनाई छ । उनका अनुसार बन्न लागेको संरचना, रेष्टुरेन्ट, फिल्महल, स्वीमिङपुल, वालुवामा यात्रा गर्ने सवारी साधन, लगायतका दर्जनौ सेवा सुविधाहरु उपलव्ध हुनेछन् । पुर्वी नेपालको पर्यटन व्यवसायलाई थप टेवा पुग्ने विश्वास लिइएको यस योजनाले छिमेकी मुलुक भारतका पर्यटकलाई लोभ्याउने सम्भावना रहेको छ । @धर्मेन्द्र मेहताले बर्णमालामा लेखेका छन । 

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्