Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९ लाख लिटर डिजेल बोकेको ट्यांकर मलेसियाबाट ‘हाइज्याक’

mediaitem

एजेन्सी, मलेसिया । मलेसियाको एक तेल ट्यांकरलाई इन्डोनेसियाको समूद्री क्षेत्रबाट अपहरणमा परेको छ । ट्यांकर जहाजमा ९ लाख लिटर डिजेल रहेको बताइएको छ ।

एमटी भिएर हारमोनी नामक जहाज तानजुङ पेलेपास बन्दरगाहबाट छुटेपछि अपहरणमा परेको हो । मलेसियाको मरिटाइम इन्फोर्समेन्ट एजेन्सीका डाइरेक्टरले ट्वीट गर्दै जहाज इन्डोनेसियाको बाटाम टापुमा हुनसक्ने बताएका छन् ।

उक्त जहाजमा ३ लाख पाउण्ड बराबरको कार्गो रहेको बताइएको छ । अपहरणकर्ता को हुन् भन्ने पत्ता लागेको छैन ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्