Logo
१५ चैत्र २०८०, बिहीबार
(August 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघ अध्यक्षमा ८ र महामन्त्रीमा ५ जनाको उम्मेदवारी

Uniyan News

काठमाण्डौ, ३२ साउन । नेपाल विद्यार्थी संघको बुधबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसभित्रको परम्परागत गुटका रुपमा रहेका २ गुटबाट २–२ जनाको अध्यक्षमा उम्मेदवारी परेको छ ।

सभापति शेरबहादुर देउवा पक्षबाट नैनसिंह महर र शुभराम बस्नेतले अध्यक्षमा उम्मेदवारी दिएका छन् । देउवा पक्षले महरलाई आफ्नो समूहको आधिकारी उम्मेदवार घोषणा गरेको छ ।

त्यस्तै पौडेल पक्षबाट मनोजमणि आचार्य र आनन्द त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । पौडेल समूहले आचार्यलाई आधिकारीक उम्मेदवार बनाएको छ । अध्यक्षमा दावी गरेको कृष्ण सिटौंला समूह देउवा समूहसंग मिलेपछि सो समूहले अध्यक्षमा उम्मेदवारी नदिएर महरलाई समर्थन गरेको छ ।

नेविसंघ अध्यक्ष पदका लागि वाल्मिकी क्याम्पसका पूर्व स्ववियु सभापति लक्ष्मण आचार्यले पनि मनोनयन दर्ता गराएका छन् । पूर्व अध्यक्ष महेन्द्र शर्मा निकट नेता एवं पूर्व कोषाध्यक्ष पदमराज पन्तले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेविसंघ चितवनका उपाध्यक्ष रहेका वचन कार्कीले पनि केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै ललितकला क्याम्पसका विद्यार्थी नेता नगेन्द्रसिंह ठकुरीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै महामन्त्रीमा भने पाचजनाको उम्मेदवारी परेको छ । देउवा–सिटौंला समूहबाट कुन्दनराज काफले र सरोज थापा , पौडेल समूहबाट दीपक भट्टराई र सरोज थापा उम्मेदवार बनेका छन् । राजेश ज्ञवालीले पनि महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: Aug 16, 2016

प्रतिक्रिया दिनुहोस्