Logo
११ बैशाख २०८१, मंगलबार
(August 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विहिवारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने

narayan-khadka

भक्तपुर ३२ साउन  । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सहरी बिकास मन्त्री डा. नारायण खड्काले विहिवारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकारमा बोल्दै उनले कांग्रेसको भातृसंगठनको निर्वाचनको कारण मन्त्रीमण्डल विस्तार ढिलाई भएको उनले बताए ।

कार्यक्रममा उनले भारत र चीनका लागि दुई उपप्रधानमन्त्री निम्तोको लागि जानु होडबाजी जस्तो भएको बताए । भारतका राष्ट्रपतिलाई निम्तो दिन काँग्रेसका उपप्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई निम्तो दिन माओवादीका उपप्रधानमन्त्री जानु होडबाजी भएको बताए । उनले सरकारले परराष्ट्रमन्त्री नियुक्ति गरी कुटनीतिक तवरले निमन्त्रणा गरेको भए उपयक्त हुने बताए ।

यसरी दुई राजनीतिक दलका प्रतिनिधि र उपप्रधानमन्त्री निम्तोको लागि एकै समयमा जानुले सकारात्मक सन्देश नजाने समेत उनले बताए । उहाँले ०६२/६३ को आन्दोलनपछि निर्माण भएका धेरै सरकारको नेतृत्वसमेत एमालेले गरिसकेको र वर्तमान समयमा प्रतिपक्षमा बस्दा कुनै समस्या नहुने बताए । मधेशका जायज मागको सम्बोधन गर्न नसके यसले भोलीका दिनमा समस्या झनै बढाउने बताए ।

प्रकाशित मिति: Aug 16, 2016

प्रतिक्रिया दिनुहोस्