Logo
७ बैशाख २०८१, शुक्रबार
(August 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्री महरा र चिनियाँ विदेशमन्त्रीबिच भेटघाट

Mahara
काठमाडौं ३१ साउन   । प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा चीन भ्रमणमा गएका उपप्रधानमन्त्री एव्म अर्थमन्त्री कृष्णबहादुर महराले बेइजिङमा भेटघाट तिब्र पारेका छन । मंगलबार परराष्ट्रमन्त्रालयमा भएको भेटमा महरा र वाङबीचमा चीन नेपाल सम्बन्धमा कुराकानी भएको बताइएको छ ।

चीनको छेङ्दु हुँदै मन्त्री महरा सोमबार साँझ बेइजिङ पुगेका थिए ।  महराले राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर छलफल गरेको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वासँगको कुराकानीमा मन्त्री महराले चीनसँगको सम्बन्धलाई अझ विस्तार गरी नयाँ उचाइमा पुर्‍याउन नेपाल सरकार इच्छुक रहेको प्रतिक्रिया दिएका थिए ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय वातावरण तयार पार्नु तथा चिनियाँ पक्षलाई सम्पूर्ण रुपमा आश्वस्त तुल्याउनु उपप्रधानमन्त्री महराको चीन यात्राको मुख्य उद्देश्य छ । पारस्परिक सम्बन्ध सुदृढीकरणका साथै विगतमा भएका आपसी सन्धि सम्झौताबारे पनि भेटमा कुराकानी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई नेपाल भ्रमणका निम्ति पठाउनुभएको निमन्त्रणापत्र विशेष दूत महराले चीन सरकारलाई हस्तान्तरण गरेका छन् । त्यसैगरी, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमण गर्न सम्प्रेषण गरेको आमन्त्रणपत्र पनि महराले हस्तान्तरण गरेका छन् ।

सरकारले एक साताअघि महरालाई चीन र अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारतका लागि विशेषदूतका रूपमा पठाउने निर्णय लिएको थियो । त्यसैवीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीका विशेष दूतका रुपमा यसै साता भारत भ्रमणमा जाँदैछन् ।

beiging-embassy-e1471338336364

प्रकाशित मिति: Aug 16, 2016

प्रतिक्रिया दिनुहोस्