Logo
७ बैशाख २०८१, शुक्रबार
(August 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा बस दुर्घटना: गर्भवती महिलासहित पाँचजनाको मृत्यु

फाइल तस्विर
फाइल तस्विर

बैतडी, ३१ साउन । बैतडीमा आज दिउँसो बस दुर्घटना हुँदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो ।

मृत्यु हुनेको सनाखत गर्ने प्रयास भइरहेको घटनास्थलबाट प्रहरी नायब निरीक्षक रुपसिंह थापाले राससलाई जानकारी दिए ।  बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घटनास्थलमा खोड्पे प्रहरीचौकीबाट गएको प्रहरीे टोलीले उद्घार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ

प्रकाशित मिति: Aug 15, 2016

प्रतिक्रिया दिनुहोस्