Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस अान्दोलनका २६ सहित सरकार ६८ शहीद घोषणा गर्न सहमत !

Barta

काठमाडौं ।  मधेस अान्दोलनका २६ शहीद थप्न सरकार सहमत भएको छ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि तथा मधेस केन्द्रित दलका शीर्ष नेता सम्मिलित बैठक भारतीय नागरिक सहित कूल ६८ शहीद घोषणा गर्ने सहमतिमा पुगेको हो । सरकारी तथ्याङ्कमा कूल ४२ जनाको मृत्यु भएको उल्लेख भए पनि राजनीतिक तहबाट शहीद संख्या बढाउन लागिएको हो ।

सरकारका उपप्रधानमन्त्री निधिसँग आइतबार भएको बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादब, लालबाबु राउतले मधेसका दलहरुको प्रतिनिधित्व गरेका थिए। बैठकमा सरकारी पक्ष ६५० जना घाइतेको उपचार गर्न सहमत भएको छ ।  अहिले निर्धारण गरिएका नामावलीलाई मन्त्रिपरिषदले पारित गरेपछि उनीहरु शहीद घोषणा हुनेछन् । बैठकमा सरकारी तथ्याङ्कभन्दा २६ जना बढीलाई शहीद घोषणा गर्ने सहमति भएको छ । नयाँ शहीदको सूचिमा वीरगञ्जमा मारिएका एक जना भारतीय नागरिक पनि छन् ।

पुष्पकमल दाहाल सरकारले मधेस आन्दोलनमा मारिएकाहरुलाई राजनीतिक पार्टीहरुको सिफारिशमा शहीद घोषणा गरी १० लाख रुपैयाँ दिने बताएको केही दिनपछि शहीद संख्या वृद्धि हुन लागेको हो । ‘उपप्रधानमन्त्री निधिजीले आगामी क्याबिनेट बैठकमा यो प्रस्ताव पारित गराउने बचन दिनुभएको छ’, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले  भने। मोर्चाले मारिएका सुरक्षकर्मीलाई पनि शहीदको सूचिमा राखेको उनले बताए ।

प्रकाशित मिति: Aug 15, 2016

प्रतिक्रिया दिनुहोस्