Logo
४ बैशाख २०८१, मंगलबार
(August 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो विवाद र रस्साकस्सीपछि  नेविसंघ निर्वाचन प्रकृया सुरु

NSU News
काठमाडौं  । लामो विवाद र रस्साकस्सीपछि नेविसंघको विवाद मिलेको छ । प्रतिनिधि विवादलाई लिएर सभापति शेरवहादुर देउवाको संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद चर्कदै आएको थियो । सभापति देउवा र पौडेलबीच आज विहान भएको छलफलपछि सहमति बनेको हो ।

सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिए पनि त्यसलाई बढाएर १ बजेसम्म पुर्‍याइएको छ । दुई नेताबीच भएको छलफलका आधारमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्माले भागबण्डाका आधारमा पाएका प्रतिनिधिलाई उपत्यका बाहिरबाट समेत प्रतिनिधित्व गराउने गरी समझदारी बनेको हो ।

विधिव्त महाधिवेशन गराउनुपर्ने माग राख्दै आमरण अनशन बसेका सिटौला पक्षीय विद्यार्थी समूहले २ सय १५ र महेन्द्र शर्मा पक्षले १ सय १० प्रतिनिधि पाएको थियो । त्यसरी पाएका प्रतिनिधि गैर विद्यार्थी रहेका र सवैजसो उपत्यकाबाट प्रतिनिधित्व भएको भन्दै पौडेल पक्षीय विद्यार्थी समूहले आपत्ति जनाउँदै आएको थियो ।

 

प्रकाशित मिति: Aug 15, 2016

प्रतिक्रिया दिनुहोस्