Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट: काभ्रेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ नाघ्यो

Durghatna

काठमाडौं, ३१  साउन  । बनेपाबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको  काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । बनेपाबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बा.३ ख. १०६ नम्बरको बस काभ्रेको देउरालीमा सोमबार दिउँसो दुर्घटना भएको थियो ।

‘अहिलेसम्म ३१ वटा शव निकालियो, सेनाको हेलिकप्टरले घाइतेको उद्धार गरी काठमाडौं लगेको छ,’ घटनास्थलबाट लालकाजी पहरीले सेतोपाटीसँग भने, ‘अझै उद्धारको काम भइरहेको छ।’

उनका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । घटनास्थल बिर्ता देउराली गाविस वडा नम्बर ९ मा पर्छ। उनका अनुसार स्थानीय र कात्तिके देउरालीबाट गएको प्रहरी टोली उद्धारमा जुटेको छ।

………………………

यात्रुबाहक बस दुर्घटना हुदा २५ को मृत्यु,  बस ३ सय मिटर तल खस्यो

काठमाडौं । दोलालघाटको मादनकुदारीतर्फ जाँदै गरेको बा.३ ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त हुदा २५ जनाको मृत्यु भएको छ । काभ्रेको बिर्तादेउरालीस्थित खहरेखोलामा सोमबार दिउँसो दुर्घटनाग्रस्त भएको हो ।

प्ररहरीका अनुसार २५ जनाको निधन भएको छ । घाइतेको उद्दारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको छ । शवहरु भिरमा छरिएको र संकलन गर्ने काम भइरहेको एसपी राजेशनाथ बास्तोललो बताए ।

धुलिखेलबाट ५० किमी टाढा पर्ने खहरेखोलामा सडकबाट एकसय ५० मिटर मुनि खसेको थियो । ठुलो मानवीय क्षति भएको भन्दै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, जिल्ला प्रहरी प्रमुख राजेशनाथ बास्तोला घटनास्थल गएका छन् । दुर्घटनास्थलमा पानी परिरहेको छ । बसमा ८० जना जति थिए ।

प्रकाशित मिति: Aug 15, 2016

प्रतिक्रिया दिनुहोस्