Logo
१२ बैशाख २०८१, बुधबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा ७० औं स्वतन्त्रता दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम !

indian-independence-day-

नयाँ दिल्ली, एजेन्सी । छिमेकी मुलुक भारतले आज आफनो ७० औं स्वतन्त्रता दिवस मनाईदै छ । भारतको लालकिल्ला तथा दिल्ली गेटमा सहित देशविदेशमा भारतियहरुले बिभिन्न कार्यक्रम गरी आज स्वतन्त्रता दिवस मनाउदै छ ।

दिवसका अवसरमा राष्ट्रपति प्रणव मुखर्जीले एक सन्देश जारी गर्दै देशमा प्रतिपक्षी र सत्तापक्ष दुवै शक्तिले देश निर्माण गरिरहेको अहम भूमिकालाई सम्माण गरेका छन । दिवसका अवसरमा लाल किल्लामा विषेश कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल, पुर्व प्रम केपि ओली शेरबहादुर देउवा, सहित बिभिन्न दलका अध्यक्ष नेताहरुले भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाउँदै भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गएिकोे छ ।

यता, भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारले नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र नाफा कमाउने उद्देश्य नभएका परोपकारी संस्थालाई चारवटा बस उपहारस्वरुप प्रदान गर्ने ककार्यक्रम रहेको छ ।

प्रत्येक वर्ष राजधानीस्थित भारतीय राजूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले सम्बन्धित जिल्ला विकास समिति र परोपकारी संस्थाका प्रतिनिधिलाई एम्बुलेन्स र बसको साँचो हस्तान्तरण गर्ने गरेका छन । केही एम्बुलेन्स तथा बस वीरगन्जस्थित भारतीय महावाणिज्यदूतले वीरगन्जबाट नै हस्तान्तरण गर्ने गरेका छन ।

Modi-Red-Fort

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्