Logo
७ बैशाख २०८१, शुक्रबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खनालले भने “मधेसी मोर्चाले अघि सारेका माग राष्ट्रिय मुद्दा”

baldev khanal

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले मधेसी मोर्चाले अघि सारेका माग राष्ट्रिय मुद्दा भएको बताएका छन ।  ‘मोर्चाले अघि सारेका माग सम्बोधन गर्ने जिम्मेवारी एमालेको पनि हो, यो जिम्मेवारीबाट एमाले पन्छिन मिल्दैन।’ संविधान कार्यान्वयनकालागि दलहरुबीच सहमति, सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले मन्त्रिपरिषदको पहिलो बैठकदेखि नै सरकारले महत्वपूर्ण निर्णयहरु गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनकालागि प्रधानमन्त्री दाहालले निर्देशन दिइसकेको बताए । खनालले सरकारले तात्कालीन, अल्पकालीन र दीर्घकालीन गरी तीन तहमा आफ्ना कामहरु गर्ने कार्यातालिका बनाएको र सोही अनुसार अघि बढ्ने बताए ।

सरकारको प्राथमिकतामा द्वन्द्वकालीन मुद्दालाई टुँगो लगाउने र भूकम्पपछिको मुलुकको पुननिर्माण सम्पन्न गर्ने रहेको बताए। उनले अघिल्लो सरकारले चीन, भारत लगायत अन्य राष्ट्रहरुसँग गरेका सम्झौताहरुलाई निरन्तरता दिने पनि जनाए । आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले अबको पाँच दिनभित्रमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका हुन् ।

‘हाम्रो योजना सकेसम्म चाँडै मन्त्रिमण्डल विस्तार गर्ने भन्ने थियो, तर केही ढिला भयो,’ उनले भने, ‘अब काँग्रेसले पनि चार पाँच दिनभित्रै आफ्नो तर्फबाट मन्त्रिको नाम टुँगो लगाउने कुरा गरेको छ, चाँडै हुन्छ।’

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्