Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महिला, जो प्रत्येक रात आफ्नो सर्पसँगै सुत्छिन् तर …

Rochak News (1)

एजेन्सी । भनिन्छ बाचिरहियो भने के के हेरिन्छ के के ?  ठिक त्यस्तै हामीले पालेका जनावर परिवारको सदस्यभन्दा कम हुँदैनन् र हामीले ती जनावर दिन रात आफूसँगै होस् भन्ने चाहन्छौं । यसैकारण धेरै मानिसहरुले आफ्नो पाल्तु जनावरलाई आफू सँगै सुत्ने छुट दिएका हुन्छन् ।

कुकुर बिरालोलाई आफूसँगै सुत्न दिइनु ठिकै हो तर कुनै जनावरहरुलाई आफूसँगै बेडमा सुताउनु घातक साबित हुनसक्छ । यदि हामीलाई विश्वास गर्नुहुन्न भने यो घटनाबारे जानकारी लिनुहोस् । सबै जनावरहरु मानवसँग सुत्न लायक हुँदैनन् । यो कुरा एकजना महिलाले राम्रोसँग बुझेकी छिन् । ती महिलाले आफ्नो मायालु पाइथनलाई प्रत्येक रात आफू सँगै सुताउने गर्दथिन् । पाइथन उनको टाउकोदेखि खुट्टासम्मै फैलिएर सुत्ने गर्दथ्यो ।

एकदिन अचानक, उनको पाइथनले खाना खानै छोड्यो । आफ्नो मायालु पाइथनलाई के भयो भनी महिला भेटेनरी धाइन् । उपचारको क्रममा भेटेनरी डाक्टरले उनलाई सर्पको व्यवहारबारे थुप्रै प्रश्नहरु सोधिन् । महिलाले आफ्नो सर्पको अचम्मको सुत्ने तरिकाबारे जानकारी गराइन् । त्यतिबेलै भेटेनरी डाक्टरले उनलाई अझ थप प्रश्नहरु तेर्साइन् ।

बोरडम थेरापीका अनुसार विभिन्न तरिकाले परिक्षण गरेपछि भेटेनरी डाक्टरले उनलाई निकै डरलाग्दो सत्य बताइन् । उनको पाइथनले यसकारण खान छोड्यो किनभने उसले आफ्नो पेटलाई ठूलो खानाको लागि तयार पार्दै थियो । वास्तवमा पाइथनले उनलाई निल्ने तयारी गरिरहेको थियो ।

भेटेनरी डाक्टरले भनिन्, ‘तपाईंको पाइथन धेरैजसो तपाईंको शरिरमाथि चढ्छ र घस्रन्छ भने यसले वास्तवमा तपाईंको आकार मापन गरिरहेको छ । तपाईंलाई आक्रमण गर्नुपूर्व तपाईं कति ठूलो हुनुहुन्छ भनेर परिक्षण गरिरहेको छ । ’  डरलाग्दो वास्तविकता थाहा पाएपछि ती महिलाले आफ्नो पाल्तु पाइथनबाट बिस्तारै बिस्तारै दुरी बढाइन् । अब उनले आफ्नो मायालु पाइथनलाई सुत्नको लागि छुट्टै स्थानको व्यवस्था मिलाएकी छिन् ।

Rochak News  (3)

Rochak News (2)

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्