Logo
८ बैशाख २०८१, शनिबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन प्रक्रिया अन्योलमै  तर विद्यार्थीको खर्च सकियो ! 

NSU Mahadhiwesan  (2)

काठमाडौं ।  नेपाल विद्यार्थी संघको  निर्वाचन प्रक्रिया अन्योलमै   छ  ।  नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन उद्घाटन भएको एक साता बितिसक्दा पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन ।  टाढा–टाढाबाट आएका विद्यार्थीको खर्च सकिए पनि अझै निर्वाचन प्रक्रिया अन्योलमा रहेको महामन्त्रीका उमेदवार हिमालदत्त श्रेष्ठले बताए ।

अहिले पनि निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले मतदाता नामावली नसच्चिएसम्म आफूहरूले निर्वाचनमा भाग नलिने जानकारी दिए ।  नेता रामचन्द्र पौडेल निकट विद्यार्थी नेताहरूले पत्रकार सम्मेलन गरेर मतदाता नामावली नसच्याएसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन माग गरेका छन् ।

“११ आंै महाधिवेशनका सन्दर्भमा ०७३/४/२९ गते साँझ प्रकाशित गरिएको प्रतिनिधि नामावली (सूची) मा व्यापक अनियमितता र धाँधली गरी फर्जी प्रतिनिधि थपिएको पाइएको छ,” मनोजमणि आचार्यसहित सात विद्यार्थी नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “विगत दुई वर्षअघि नै सहमतिमा पुगिएका ६४ जिल्लाको प्रतिनिधि नामावलीमा व्यापक फेरबदल गरिएको छ ।

नेविसंघको विधानले परिकल्पना गरेको २३ सय ३८ को कुल प्रतिनिधि संख्यालाई वृद्धि गरी ३७ सय ६० संख्याको सूची प्रकाशित गरिएको देखिन आएको छ । केही दिनअघि पार्टीले बनाएको निर्देशक समितिका संयोजक स्वयंले पत्रकार सम्मेलनमार्फत ३४ सय ६० प्रतिनिधि रहेको जानकारी गराउनुभएको स्मरण गराउन चाहन्छौं ।” त्यसबाहेक पनि ३ सय बढी फर्जी विद्यार्थी थप गरी निर्देशक समितिले नै विवाद निम्त्याएको भन्दै पौडेल समूहका विद्यार्थीले विवाद नमिलेसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेका छन् ।

“निर्वाचन समितिमा रहेका सबैको हस्ताक्षरमा नामावली प्रकाशित भए हामीलाई मान्य हुन्छ । तर, विवाद बढाउने गरी एकपक्षीय रूपमा प्रकाशित गरिएको नामावली हामीलाई मान्य हुँदैन,” श्रेष्ठले भने भन्दै बाह्रखरीमा समाचार छ । टाढाबाट आएका विद्यार्थीलाई अहिले बस्न र खानको समस्या हुँदा पनि केही वास्ता नगरिएको उनको गुनासो छ ।

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्