Logo
१५ चैत्र २०८०, बिहीबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड सरकार फेरी बिस्तार, कांग्रेसले नाम पठाएन, माओवादीबाट थप पाँच मन्त्री

maoist-kendriya-karyala-meeting-

काठमाडौं, ३० साउन । प्रधानमन्त्रीमा निर्वाचित भएको १० दिनपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आइतबार तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका छन । तर तेस्रो पटकको विस्तारमा पनि मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन । तेस्रो पटकको मन्त्रीपरिषद विस्तारमा समेत काँग्रेसले आफ्ना मन्त्रीको नाम टुंगाएको छैन ।मन्त्रीपरिषद् विस्तारमा भएको ढिलाईलाई लिएर प्रधानमन्त्रीको आलोचना समेत शुरु भएको छ । यसकारण प्रचण्डले माओवादीका कोटाबाट मन्त्री हुनेहरुलाई समेटेर मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।

बिस्तार अन्तरगत उर्जामा जर्नादन शर्मा, स्थानीय विकासमा हिताराज पाण्डे,संचारमा राम कार्की, शिक्षामा डिआर पौडेल र कानुनमा अजय शंकर नायक मन्त्री हुँदैछन् । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार आइतबारै अपरान्ह मन्त्रीहरुको सपथको कार्यक्रम राखिएको छ । नायक सिराहाका समानुपाति सभासद् हुन् । कार्की र पौडेल पनि समानुपाति सभासद् हुन् ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले समानुपातिक, समावेशी सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने निर्णग गरेको छ ।

तर, महिलालाई राज्यमन्त्री बनाउने तयारी भएको छ । मुस्लिमबाट पनि राज्यमन्त्री बनाउने तयारी भएको छ । प्रचण्डले शनिवार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डसँग सरकार विस्तारको विषयमा चासो राखेकी थिइन् । प्रधानमन्त्रीले प्रचण्डले सत्ता साझेदार दल नेपाली काँग्रेसबाट पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम प्राप्त भएपछि एकैपटक विस्तार गर्ने प्रचण्डको तयारी थियो ।

तर, काँग्रेसले नाम दिन केही दिन लगाउने भएपछि प्रचण्डले आफ्नो पार्टीका नेताहरुलाई मात्र समेटेर मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन । प्रधानमन्त्री प्रचण्डले यही साउन २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएलगत्तै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि मन्त्रालयको जिम्मा दिएका थिए । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार काँग्रेसले १३ र माओवादीले आठ मन्त्रालय लिने सहमति भएको छ ।

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्