Logo
८ बैशाख २०८१, शनिबार
(August 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शरणार्थी समस्या समाधानमा राष्ट्रसंघको चासोप्रति धन्यवाद

unnamed-4

२९ साउन  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसंघका शरणार्थीका लागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेट गरेका छन् ।  भेटमा ग्राण्डीले भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र संघले पहल गरिरहेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ग्राण्डीले बाँकी रहेका भुटानी शरणार्थीको समस्या पनि छिटै समाधान हुने प्रधानमन्त्रीलाई जानकारी गराए ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्च आयुक्तले प्रधानमन्त्री प्रचण्डलाई बधाई ज्ञापन गर्दै कार्याकालको सफलताको शुभकामना व्यक्त गरे ।  जवाफमा प्रधानमन्त्रीले भुटानी शरणार्थी समस्या समाधानमा संयुक्त राष्ट्र संघले देखाएको चासोप्रति धन्यवाद दिँदै बाँकी शरणार्थीको समस्या समाधानमा सहजीकरण गरी दिन आग्रह गरे ।

प्रधानमन्त्रीले नेपालले संविधानको कार्यान्वयन गर्दै शान्ति, स्थीरता र समृद्धिको दिशामा अगाडि बढ्ने ग्राण्डीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Aug 13, 2016

प्रतिक्रिया दिनुहोस्