Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री बन्ने चर्चा बिच, लेखा समिति सभापति प्रभाकरले दिए राजीनामा

Pravakar
काठमाडौं २८ साउन । मन्त्री बन्ने चर्चा छ बिच जनार्दन शर्मा प्रभाकरले लेखासमितिबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सार्बजनिक लेखा समितिको सभापति पदबाट राजीनामा दिएका हुन । शुक्रबार बसेको लेखा समितिको बैठकमा प्रभाकरले राजीनामाको प्रस्ताव पेश गरेका थिए ।

समितिको बैठकले उनको राजीनामा प्रस्ताव पारित समेत गरेको छ । राजीनामा दिनुको कारणबारे उनले भने केहि खोलेको छैन ‘अब एमालेलाई छाड्दिनु पर्‍यो नि ।’ भन्दै उनले भने व्यवस्थापिका संसद अन्तर्गतको लेखा समिति सभापति प्रमुख प्रतिपक्ष दलले लिने प्रचलन रहेको छ त्यही अनुरुप छाडेको हुं । हाल एमाले प्रतिपक्षमा छ ।

तर मन्त्रि बन्ने पक्कापक्की भएका कारण उनी छाडेको श्रोतको दावी रहेको छ । तर प्रभाकरले भने, ‘मन्त्री बने पनि नबने पनि म लेखा समितिको सदस्य रहीरहन्छु , त्यस्तो केहि छैन ।’ संसदका १५ वटा विषयगत समितिमध्ये तेस्रो दल माओवादी केन्द्रले दुई समितिको सभापति पाएको थियो ।

प्रकाशित मिति: Aug 12, 2016

प्रतिक्रिया दिनुहोस्