Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायधीश कार्की भन्छिन् ‘वकालत पेशा नै बद्नाम भइसक्यो’

Shushila Karki News

काठमाडौं, २७ साउन । सम्पतिका लागि मरिहत्ते गर्ने गरेको आरोप लगाउँदै प्रधानन्यायाधीश सुशीला कार्कीले कानून व्यवसायीहरुमाथि निष्ठा छोडेकै कारण वकालत पेशा नै बद्नाम भएको बताएकी छिन् । उनले मुद्दा लडेको व्यक्तिलाई सक्षम बनाउनुको साटो उसको सबै सम्पति हडप्ने प्रवृत्तिले कानून व्यवसायीलाई शोषक र सामन्ती जस्तो बनाउने बताइन् ।

नेपाल कानून व्यवसायी परिषद्ले विहिवार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कतिपय कानून व्यवसायीहरुले जसको मुद्दा लडेको हो उसलाई खरानी बनाई सबै सम्पति लिने गरेको भन्दै त्यसो गर्नु निष्ठामाथिको विचलन भएको बताइन् ।प्रधानन्यायाधीश कार्कीले कतिपय कानून व्यवसायीहरुले कालो कोट लगाएर जग्गा दलालहरुसँग मिलेमतो गरी अनधिकृतरुपमा खर्बौं रुपैयाँ आर्जन गरेको भन्दै त्यस्ता व्यवसायीलाई आफूले सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको बताइन् ।

उनले कानून व्यवसायीहरुमाथि पेशागत मर्यादा विपरित सम्पतिका लागि जस्तोसुकै हर्कत गर्न तयार हुने प्रवृत्ति मौलाएको आरोप लगाउने क्रममा नेपाल बार एशोसियशनमाथि पनि असन्तुष्टि पोखिन् । बारले अदालतलाई बलियो बनाउनतिर ध्यान दिनुको साटो राजनीति गरेको आरोप उनले लगाइन् ।

प्रधानन्यायाधीश कार्कीले विश्वका धेरै मुलुकमा समावेशी सिद्धान्त अनुसार न्यायाधीशहरु नियुक्त गरिएका उदाहरण रहेको भन्दै आफूले जिल्ला र पुनरावेदन अदालतमा न्यायाधीश नियुक्तिका क्रममा महिलाहरुको प्रतिनिधित्वलाई जोड दिने बताइन् । उनले खासगरी संसदीय सुनुवाइ र ११ जना न्यायाधीशको नियुक्तितर्फ संकेत गर्दै बारमाथि राजनीति गरेको आरोप लगाएकी हुन् ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्