Logo
१२ बैशाख २०८१, बुधबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकाका दुई मध्ये एउटा इन्जिनियरिङ्ग कलेज मधेशमा सार्न माग

Thapathali News

काठमाडौं २७ साउन । सरकारी स्वामित्धका बिभिन्न इन्जिनियरिङ्ग कलेजहरुलाई तराइए मधेशमा सार्न माग गरिएको छ । सरकारको आर्थिक सहयोगमा अध्ययन अध्ययापन हुने चार वटै इन्जिनियरिङ्ग कलेज मधेशीलाई पायक पर्ने ठाउँमा नरहेको भन्दै मधेशतिर सार्न माग गरिएको हो ।  ‘एकै स्थानमा दुईओटा क्लेज किन ?’ एक बिद्यार्थीले भने त्यसैले कि त पुलचौक क्लेज की त थापाथली क्लेज मधेशतिर सार्नु परियो ।

सरकारको आर्थिक सहयोगमा संचालित त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल चार वटा कलेजहरु मध्ये वेस्टर्न रिजनल क्याम्पस पोखरामा, ईस्टर्न रिजनल क्याम्पस धरानमा र पुल्चोक क्याम्पस काठमाडौं र थापाथली क्याम्पस काठमाडौं संचालनमा रहेको छ । ई.दिपक साह लगायतले सुरु गरेको एक अभियानमा सभागीहरुले यस्तो माग गरेका हुन ।

साहले मधेशी विद्यार्थीहरुले पहिलेदेखि नै इन्जिनियरिङ्ग पढ्नमा अबल रहे पनि सरकारले मधेश क्षेत्रमा इन्जिनियरिङ्ग कलेज स्थापना गरेको छैन । मधेश क्षेत्रमा इन्जिनियरिङ्ग कलेज स्थापना भए इन्जिनियरिङ्ग क्षेत्रमा मधेशी विद्यार्थीहरुले ठूलो फड्को मार्ने भन्दै साहले थापाथली इन्जिनियरिङ्ग कलेज जनकपुर सार्नु पर्ने बताए ।

जनसंख्या निकै भएका मधेशका सहरहरु बिराटनगर, जनकपुर, बीरगञ्ज, नेपालगञ्जमा एउटा पनि इन्जिनियरिङ्ग कलेज स्थापनामा कुनै पहल नभएको भन्दै थापाथली इन्जिनियरिङ्ग कलेजलाई जनकपुर सार्न पहल आवश्यक रहेको उनको भनाई रहेको छ । ई.साहसहित मधेशी अगुवाहरुले समाजिक सञ्जालमार्फत सुरुमा थापाथली इन्जिनियरिङ्ग कलेज जनकपुरधाममा सार्न माग गर्दै अभियान थालेका हुन ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्