Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त मन्त्रि मन्त्री पाण्डेले भने ‘सुकुम्वासीको समस्या म समाधान गर्छु’

bikram-pandey

२७ साउन, काठमाडौं । नवनियुक्त भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सुकुम्वासी समस्या समाधान गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।

भूमिसुधार तथा व्यवस्थामन्त्री पाण्डेले विहिवार मन्त्रालय पुगेर पद्भार ग्रहण गर्ने क्रममा देशका धेरैजसो भागमा सुकुम्वासी समस्या रहेको भन्दै आफू त्यो समस्या समाधान गर्ने लक्ष्यसहित मन्त्रालयमा छिरेको बताए ।

उनले भूमिसुधार तथा व्यवस्था मन्त्रालय आफ्ना लागि नयाँ भएपनि यसअघि सुकुम्वासी समस्या समाधान आयोगमा रहेर काम गरेको अनुभव रहेको भन्दै त्यो अनुभव प्रयोग गरी मन्त्रालयका अनुभवी कर्मचारीको साथ लिएर लक्ष्य प्राप्तिमा केन्द्रीत हुने बताए ।

भूमिसुधार तथा व्यवस्थामन्त्री पाण्डेले सुकुम्वासी समस्या वाहेक अन्य कामका विषयमा कर्मचारीसँग छलफल गरेर प्राथमिकता निर्धारण गर्ने बताए ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्