Logo
१५ चैत्र २०८०, बिहीबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेलमैदानमै समलिङ्गीको प्रेम प्रस्ताव र स्विकार, फेटो भयो भाइरल 

Rio isabella

रियो डि जेनेरियो, एजेन्सी । रियो ओल्मपिकबारे यतिबेला अर्के चर्चाले बजार पिटेको छ । प्रसङ्ग हो ब्राजिलको महिला रग्बी खेलाडी इसादोर सेरुलोको उनले ओलम्पिककी पदक बिजेता त भइनन् तर उनले आफ्नो जीवनको महत्वपूर्ण पाटोको युद्ध भने ओलम्पिककै प्राङ्गणमा जितिन् ।

खेल पछिको पदक वितरण समारोहको क्रममा इसादोरालाई उनकी प्रेमिकाले प्रेम प्रस्ताव गरिन् जसलाई उनले स्विकार गरेकी छिन् । सन् २००३ देखि समलिङ्गी विवाह वैधानिक भएको देश ब्राजिलका इसादोरा र उनकी प्रेमिका मार्जिओरी एन्याले एक अर्कालाई प्रस्ताव पछि चुम्बन गरे ।

द गार्जियन नामक पत्रिकाका अनुसार २५ वर्षकी एन्या रियो ओलम्पिककी स्टेडियम म्यानेजर हुन् । इसादोराको प्रेम प्रस्ताव मार्जिओरीले स्विकार गरेपछि उनले औंठी तत्काल नभएका कारण रिंग फिंगरमा रिबनको टुक्रा बाँधिदिएकी छिन् ।

त्यहाँ उपस्थित सबै मानिसहरुले उनीहरुको यो पललाई आफ्नो क्यामरामा कैद गरे र उनीहरुको प्रेमलाई जोडतोडका साथ स्वागत गरे । सेरुलो उत्तर क्यारोलिनामा हुर्किएकी हुन् ।

उनको ब्राजिल र अमेरिकाको दोहोरो नागरिकता छ । यी जोडी विगत दुई वर्षदेखि एक अर्काको सम्बन्धमा छन् । प्रस्ताव पछि मार्जिओरी भन्छिन्, ‘उनी मेरो जिन्दगी हुन् । प्रेमको सधैं जीत हुन्छ, म मानिसहरुलाई यही कुरा बताउन चाहन्छु ।’

Rr News  (1)

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्