Logo
१३ बैशाख २०८१, बिहीबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनै सिप नचलेपछि गच्छदारले मुखै खोलेः भने ‘हो सरकारमा जान तयार छौं’

Vijay Kumar Gachadar

२७ साउन, काठमाडौं । सरकारमा सहभागिता पाउन तछाडमछाड गरिरहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले सरकारमा जान आत्तुर रहेको भन्दै मुखै खोलेका छन ।

पत्रकार सम्मेलनमा उनले भने सम्मानजनक सहभागि गराएमात्र आफ्नो पार्टी वर्तमान सरकारमा सहभागि हुने बताएका हुन । बिहीबार पार्टी कार्यालय तिनकुनेमा पत्रकार सम्मेलन गरेका गच्छदारले सम्मानजककको अर्थ प्रस्ट्याउँदै भने, ‘यसको अर्थ उप–प्रधानसहित दुई मन्त्रालय हामीले पाउनुपर्छ, अन्यथा सरकारमा सहभागि हुँदैनौं ।’

कार्य सम्पादन समितिको बैठकपछि राजधानीमा उपलब्ध नेताहरुसगै पत्रकार सम्मेलन गरेका गच्छदारले आफू पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा रहेको उल्लेख गर्दै सरकार आफ्ना लागि गौण विषय भएको दावी गरे ।

‘सात प्रदेशले देशमा संकट निम्त्याउँछ’ उनले भने, ‘हामी आठ प्रदेशको पक्षमा छौं, त्यसमध्ये तिन प्रदेश मधेसशमा हुनुपर्छ ।’ त्यस्तै उनले झापा मोरङ र सुनसरी दुई नम्बर प्रदेशमा हुनुपर्ने जिकिर गरे ।

उनले भने, ‘हामीलाई सरकारमा जाने हतारो छैन, म पहिले पनि संविधान निर्माणको पक्षमा थिएँ, अहिले संविधान कार्यान्वयनको पक्षमा छु ।’ ‘तपाईलाई मोर्चाले सरकारमा जानबाट रोकेको हो रु’ भन्ने संचारकर्मीको जिज्ञासामा उनले भने, ‘मोर्चाले रोकेको कुरा हल्ला मात्रै हो ।’

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि ०७४ माघ ७ गतेभन्दा अघि तिनवटा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने उल्लेख गर्दै गच्छदारले संघीय राज्यको प्रदेश संख्यामा आफ्नो बिमत्ति रहेको बताए ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्