Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधिले भने- भारत पुगेर राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको वातावरण बनाउछु

Bimlendra Nidhi

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भारत भ्रमण र भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको वातावरण बनाउन केन्द्रित हुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरेको थियो । उपप्रधानमन्त्री महराको भ्रमण चीनका राष्ट्रपति सि जिन पिङको सम्भावित नेपाल भ्रमण र दुई देशको सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुने उपप्रधानमन्त्री निधिले बताए ।

बिहीबार मन्त्रालयमा पत्रकारसँगको कुराकानीमा उनले संविधान निर्माणपछि केही समय असहज देखिएको नेपाल–भारत सम्बन्ध सुधार गर्नसमेत आफ्नो भ्रमण केन्द्रित रहने बताए । प्रधानमन्त्री दाहालले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने र समन्वय बढाउने उद्देश्यसहित आफूहरुलाई उक्त देशमा पठाउन लागेको उनको भनाइ छ ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्