Logo
८ बैशाख २०८१, शनिबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखले नै भनिन् संविधान संशोधनको विकल्प छैन

Sabhamukh onsari-Gharti

रोल्पा । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधनको विकल्प नभएको बताएकी छिन । आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखाले बिहीबार विहान सदरमुकाम लिबाङमा आयोजना गरेको १७ औं स्थापना दिवस, प्रभात फेरी तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै सभामुख घर्तीले यस्तो बताएकी हुन् । संविधान कार्यान्वयनका लागि संविधान सभा बहिष्कार गर्ने दलहरुलाई पनि सहमतिमा ल्याउन पहल गर्नु पर्ने उनले बताइन् ।

उनले थपिन, ‘संविधान सभा बहिष्कार गर्ने दलहरु पनि छन्। संविधानमै आवाज समेटिएन भन्नेपनि छन्।’ संविधान कार्यान्वयनका लागि राष्ट्रिय एजेन्डामा दलहरु एक ठाउँमा रहने वचनवद्धता आफूले पाएको सभामुख घर्तीले बताइन्। उनको भनाइ थियो, ‘दलहरुले राष्ट्रिय एजेन्डामा एकै ठाउँमा रहने वचनबद्धता मलाई दिनु भएको छ ।’ उनले भनिन्, ‘संविधानको संशोधन गर्न आवश्यक बुँदाहरु संशोधन गर्नु बाहेक अर्को विकल्प छैन । संशोधनसँगै संविधानमा लेखेका आधारभूत कुराहरुलाई कार्यान्वयन गरौं । संविधानका अपरिवर्तनीय धारा बाहेक अरु त संशोधन गर्न सकिन्छ । यो त पछि सम्म चली रहने प्रक्रिया हो ।’

नेपाल बहुजाति, बहुभाषीहरुको सुन्दर बगैंचा भए पनि विगतमा राज्य प्रणालीले विभेद गरेको उनको टिप्पणी थियो। उनले टिप्पणी गरिन, ‘विगतमा हामीलाई राज्य प्रणालीले उँचनिच बनायो । माक्सवादी सिद्धान्त अनुसार उत्पीडित जातिहरुले एकताको कुरा गर्नु पर्छ। उच्च भनिने जातिले अधिकारको कुरा गर्नु पर्छ । हामीले वास्तविक नेपालको सुन्दरताका लागि धेरै मिहिनेत गर्नु पर्ने छ ।’

सभामुख घर्तीले रोल्पाले दोस्रो पटक अर्थमन्त्री पाएकोले अवसरलाई अधिकतम सदुपयोग गर्नु पर्नेमा जोड दिइन। ‘रोल्पाले दोस्रो पटक अर्थमन्त्री पाएको छ । यो मौका र अवसरको अधिकतम सदुपयोग गर्नुस्’, उनले भनिन ‘चुनावमा हामीलाई कसैले भोट हाल्नु भयो होला । त कसैले भोट हाल्नु भएन होला । लोकतन्त्रको सुन्दरता भनेकै यही हो ।

आफू रोल्पा २ को सांसद समेत भए पनि आफूलाई अहिले राष्ट्रको समग्र हितका लागि काम गर्नु पर्ने जिम्मेवारी रहेको उनले प्रष्ट्याइन्। उनले उल्लेख गरिन, ‘मलाई समग्र राष्ट्रका लागि काम कार्बाहीहरु केन्द्रित गर्नु छ । म जनताहरुको कुरा प्रत्यक्ष सुन्न चाहान्थे । त्यो अवसर मैलें रोल्पामा पाएँ । यसलाई अधिकतम सदुपयोग गर्न प्रययत्न गर्ने छु ।’

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्