Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले बिगाडेको सम्बन्ध सुर्धान दुई दुतलाई चीन र भारत पठाउने निर्णय

GOV News

काठमाडौं । यसअघिको सरकार अर्थात एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकारका पालामा दुई छिमेकी देशसगको सम्बन्धमा असन्तुलन भएको ठहर गर्दे बिग्रेको सम्बन्ध सुर्धान विषेश दुतहरु पाठाउने सरकारले निर्णय गरेको छ ।

सरकारले दुई छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउन भन्दै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारत र चीन पठाउने निर्णय गरेको हो।

यसैगरी बैठकले महंगी, कालोबजारी, कृतिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले मिसावट, कालोबजारी र कृतिम अभावबारे भएको कानुनी व्यवस्थामा थप कडाई गर्नका लागि ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले प्रधानमन्त्रीको विशेष दूतको रुपमा भारतमा उपप्रधान तथा गृहमन्त्री निधि र चीनमा उपप्रधान तथा अर्थमन्त्री महरालाई पठाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री महराले जानकारी दिए।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्