Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सडक बनाईदिन नेपालीलाई आग्रह

Kailai Rod

काठमाडौं २७ साउन । भारतीय भन्सारका कर्मचारीले गौरीफन्टा भन्सार आसपासका सडकमा परेका खाल्डाखुल्डी मर्मत गरिदिन नेपाली व्यापारीलाई आग्रह गरेका छन् । भारतीय भन्सारको गौरीफन्टाका सहायक इन्चार्ज सुबोध चौबेले बुधबार कैलाली उद्योग वाणिज्य संघलाई धनगढीसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाकाको सडक बनाइदिन आग्रह गरेका हुन ।

कैलाली उद्योग बाणिज्य संघलाई आग्रह गरेपछि वरिष्ठ उपाध्यक्ष हिक्मत कुँवर र पूर्वअध्यक्ष दिनेशराज भण्डारीसहितको टोली बुधबार कष्टमका सहायम इञ्चार्ज चौबेलाई भेट्न गौरीफन्टा गएका थिए । नेपाली व्यपारीका गाडी बढी आउने भएकाले सडक मर्मतका लागि आग्रह गरिएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत कुँवरले जानकारी दिए भन्दै आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्