Logo
१५ चैत्र २०८०, बिहीबार
(August 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका–नगरपालिकाको सीमा निर्धारण कार्य रोक्न गठबन्धनको माग

madhesi-Morcha

काठमाडौ, २६ साउन । संघीय गठबन्धनले सीमा निर्धारण आयोगले गरिराखेको नगरपालिका र गाउँपालिकाको सीमा निर्धारण गर्ने कार्यलाई तत्काल रोक्न माग गरेको छ । बुधवार बसेको संघीय गठबन्धनको बैठकले सरकारी गठबन्धनसँग भएको सहमति अनुसार आयोगको काम कारवाही रोक्नु पर्नेमा आयोगले गाउँ–गाउँमा गएर सिमा निर्धारणसम्बन्धि कार्यलाई आगाडी बढाएको प्रति आपत्ति जनाउँदै त्यसलाई रोक्न माग गरेको हो ।
बैठकमा सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीका कुनै पनि प्रतिनिधि उपस्थित थिएनन् भने फोरम नेपालका तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीको तर्फबाट शरतसिंह भण्डारी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकको तर्फबाट राजकिशोर यादवको उपस्थिति थियो भने तमलोपाको तर्फबाट वृषेशचन्द्र लाल र तराई मधेश सद्भावना पार्टीका तर्फबाट रामनरेश राय यादवको उपस्थिति थियो ।

त्यस्तै मधेशी मोर्चा र संघीय गठबन्धनले उठाउँदै आएको माग एक हप्ताभित्र पूरा गर्ने निर्णय गरेपनि सो निर्णयको कार्यान्वयन कहि कतै नदेखिएको प्रति पनि गठबन्धनको ध्यानाकर्षण भएको महासचिव झाले बताए । ‘सहिद घोषणा गर्ने, पीडितलाई क्षतिपूर्ति दिने, घाइतेलाई निःशुल्क उपचार गर्ने, मुद्दा फिर्ता लिने लगायतका काम कुनै दुई दिनभित्र, कुनै चार दिनभित्र कुनै एक हप्ताभित्र गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो तर आज निर्णय गरेको ६ दिन भइसक्यो कुनै प्रकृया अगाडि नबढेको भन्दै गठबन्धनले आपत्ति प्रकट गरेको छ,’ राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले भने ।
घाइतोलाई उपचार, मुद्दा फिर्ता, सहिद घोषणा लगायतका लागि लिस्ट बनाउने काममा गठबन्धनले समन्वयको भूमिका निर्वाह गर्ने निर्णय समेत आजको बैठकले गरेको छ ।

झाका अनुसार सरकार निर्माणमा समर्थन गर्ने बेला काँग्रेस र माओवादीसँग आयोगको काम कारवाही अगाडि नबढाउने सहमति भएको तर गाउँ गाउँमा गएर आयोगले काम गरिरहेका हुनाले सरकारलाई गठबन्धनले ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी गराए ।

प्रकाशित मिति: Aug 10, 2016

प्रतिक्रिया दिनुहोस्