Logo
१३ बैशाख २०८१, बिहीबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघमा अब उमेर हद, महाधिवेसनको बाँकी काम सानेपामा हुने

NC Pres Meet

काठमाण्डौ २६ साउन । नेपाली काँग्रेसले विद्यार्थी नेता बन्न उमेर हद तोकेको छ । ३२ बर्षभन्दा बढी उमेरका विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघमा उम्मेदवारी दिन प्रतिबन्ध लगाएर नयाँ नियम ल्याएको हो । महाधिवेसन निर्देशन समितिका संयोजक प्रकाशशरण महतका अनुसार भातृ संगठनहरुलाई गतिशील राख्न आगामी निर्वाचनहरु समयमै गर्न लागेको जानकारी दिए ।

विद्यार्थी संघको विधानमा गरिएको नयाँ व्यवस्था अनुसार नेपाली काँगे्रसले भातृ संगठनहरुको निर्वाचन समयमै गर्ने बैधानिक व्यवस्था गरेको छ । महाधिवेशन निर्देशन समितिको निर्णय अनुसार प्रत्येक दुई–दुई वर्षमा अनिवार्य रुपमा महाधिवेशन गर्नु पर्नेछ भने थप्नु नै पर्ने अवस्था आएको खण्डमा अन्तिम पटक ३ महिनाका लागि मात्रै कार्यसमितिको अवधि बढाउन सकिने व्यवस्था गरेको छ। त्यसपछि केन्द्रिय समिति सहित जिल्ला समिती क्षेत्रीय समिती र क्याम्पस इकाइहरु समेत स्वतः भंग हुनेछ ।

अब विद्यार्थी संगठनलाई नेपालको स्वरुप अनुसार समावेसी रुपमा प्रतिनिधित्व हुने महतले जानकारी दिए । प्रस्तावित नयाँ नियमलाई बन्दसत्रबाट पास भएपछि लागू हुनेछ । नेपाली काँग्रेसले नेवि संघको निर्वाचन समयमै सम्पन्न गर्न नेता प्रकाश शरण महतको संयोजकत्वमा गोविन्द भट्टराई,गुरुराज घिमिरे,किशोरसिंह राठोर र प्रदिप पौडेल सदस्य रहेको निर्देशन साितिी गठन गरेको थियो ।

यसैबीच, प्रतिनिधि विवाद मिलेपछि नेविसंघको एघारौं महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिले बिहीबार मतदाता नामावली प्रकाशन गर्ने छ ।  शुक्रबार उम्मेदवारी दर्ता र शनिबार मतदान गर्ने कार्यतालिका तय भएको नेविसंघ नेता यूपी लामिछानेले जानकारी दिए ।

यही साउन २३ गतेदेखि सुरु भएको नेविसंघ महाधिवेशन विवादका कारण लम्बिएको छ । पूर्व निर्धारित योजनाअनुसार महाधिवेशन २५ गते नै सक्ने कार्यक्रम थियो । तर महाधिवेशन नटुंगिएपछि निर्वाचन प्रक्रियाका बाँकी कामहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने नेविसंघ प्रवक्ता लामिछानेले बताए । नेविसंघले २३ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपको हल भाडामा लिएको थियो । विहीबार भृकुटीमण्डपमा अर्कै कार्यक्रम भएकाले नेविसंघ महाधिवेशनका बाँकी प्रक्रिया पार्टी कार्यालयमा गर्न लागिएको हो ।

प्रकाशित मिति: Aug 10, 2016

प्रतिक्रिया दिनुहोस्