Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पीण्डेश्वर बाबाधाममा डेढ लाख भक्तजनले गरे जल अर्पण

Chatara News

सुनसरी, २४ साउन । साउनको तेस्रो साता धरानस्थित बिजयपुरगढी पीण्डेश्वर शिवालयमा मंगलबार डेढ लाख भक्तजनले शिवालयमा जल अर्पण गरेका छन । हरेक बर्षको साउन महिनाको सोमबारका दिन हरेक शिवालयमा गई शिललिङ्गमा जल अर्पण गर्नाले मनोकाङ्क्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वासका आधारमा भक्तजनहरुले शिवालयमा गई जल अर्पण गर्ने धार्मिक परम्परा रहेको छ ।

हिन्दुहरुको मुख्य चारधाममध्ये सुनसरीको बराहक्षेत्र चतरास्थित कौशिकी तट तथा कोका नदीबाट सुद्ध आत्माले स्नान गरी जल ल्याएर अर्पण गर्नाले आफ्नो मनोकाङ्क्षा पुरा हुने गरेका कारण यसरी लाखौ मानिसहरु पीण्डेश्वर शिवालयमा जल अर्पण गर्नका लागि पुग्ने गरेका छन ।

बोलबम ब्यवस्थापन समितिका सचिव जयन्त गौतमका अनुसार विहान ३ बजेदेखि नै जल अर्पण गर्ने बोलबम भक्तजनहरुको घुईचो लागेको तथा बराहक्षेत्र र चतराबाट जल लिएर आउने डाक बम एवम बोलबमहरुको घुईचोका कारण चार लाईनमा भक्तजनहरुलाई उभ्याएर सवैलाई पालोमा जल अर्पण गर्ने ब्यवस्था मिलाईएको बताए ।

पीण्डेश्वर शिवालय आई पुगेका बोलबमका भक्तजहरुले करिव ३ देखि ५ घण्टा लामबद्ध भई कुरेर आफ्नो पालेमा जल अर्पणको अवसर पाउने गरेको समिति सदस्य अनिल अग्रवालले बताए । पूर्वी नेपालका पहाड तथा तराई र भारत विहारबाट समेत भक्तजहरु जल अर्पणका लागि आएकाले यो हप्ता निक्कै ठूलो भिड उर्लिएको पाईएको छ ।

प्रकाशित मिति: Aug 10, 2016

प्रतिक्रिया दिनुहोस्